शिक्षा/स्वास्थ्य

रुपन्देहीमा मंगलबार १९ जनामा कोरोना संक्रमण पुष्टि

 473 total views

 473 total views न्यूज ओके रिर्पाेटर भदौ २३, भैरहवा । गएको २४ घण्टामा रुपन्देही जिल्लामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार ४ महिला र १५ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बुटवल उपमहानगरपालिकाका २ महिला र ३ पुरुष रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका ३ पुरुष, ओमसतीया गाउँपालिकाका १ पुरुष, सैनामैना नगरपालिकाका १ पुरुष रहेका छन् भने तिलोत्तमा नगरपालिकाका २

सोमबार रुपन्देहीमा ४१ जनामा कोरोना संक्रमण पुष्टी,  सबैभन्दा बढी सिद्धार्थनगरमा १८ जना

 602 total views

 602 total views न्यूज ओके रिपोर्टर भैरहवा,२२ भदौ गएको २४ घन्टामा रुपन्देही जिल्लामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टी सिद्धार्थनगर(भैरहवा)मा भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गएको २४ घन्टामा रुपन्देहीमा ४१ जनामा संक्रमण पुष्टी भएकोमा सबैभन्दा बढी सिद्धार्थनगरका पुरुष १४ र महिला ४ गरी १८ जना रहेका छन् । त्यसै गरी ओमसतिया गाउँपालिकाका १६ जना पुरुषमा, बुटवल उपमहानगर पालिकामा ३ पुरुष र १ महिला गरी ४ जनामा, सैनामैनामा १ महिला,

रुपन्देहीमा एक हप्ताका लागी लकडाउनको स्वरुप परिबर्तन  समय अनुसार बजार व्यबसाय खुल्ने(बिज्ञप्ती सहित)

 671 total views

 671 total views न्यूज ओके रिपोर्टर भैरहवा, २० भदौ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकहप्ता(भदौ २१ द्येखि भदौ २८ राती १२ बजे) सम्मका लागी लकडाउनको स्वरुप परिबर्तन गरेको छ । अघिल्लो हप्ता लगाईएको लकडाउन आज राती सकिदैछ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज बिहान जिल्ला सुरक्षा समितीको बसेको बैठकले डिसिसिएमसीको सिफारीसमा आधारमा लकडाउनको स्वरुप परिबर्तन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए । एकहप्ताका लागी स्वरुप

रुपन्देहीको लकडाउन पुनरावलोकन गर्ने निर्णय

 751 total views

 751 total views न्यूज ओके रिपोर्टर भैरहवा, १९ भदौ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)रुपन्देहीको बैठकले जारी लकडाउनलाई पुनरावलोकन गर्ने निर्णय गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा डिसिसिएमसी रुपन्देहीका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । डिसिसिएमसीको बैठकले गरेको निर्णय अब जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्ने वा नगर्ने शनिबार मात्रै टुंगो लगाउने प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए ।

रुपन्देहीमा थप ५७ जनामा संक्रमण,   सबैभन्दा बढि बुटवलमा ३० जना

 392 total views

 392 total views न्यूज ओके रिर्पाेटर भदौ १९, भैरहवा रुपन्देहीमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले अध्यावधिक गरेको तथ्याङ्क अनुसार गएको २४ घण्टामा पुरुष २९ र महिला २८ गरि ५७ जना थपिएका हुन । जस मध्ये सबैभन्दा बढि बुटवल उपमहानगर पालिकाका ३० जना सिद्धार्थनगरका १५ जना, तिलोत्तमाका ५ जना, रोहिणिका ४ जना, ओमसतीया, देवदह र सैनामैनाका १÷१ जना रहेका छन् । त्यसैगरि रुपन्देहीमा

रुपन्देहीमा एकै दिन तीन कोरोना सङ्क्रमितको मृत्यु

 185 total views

 185 total views न्यूज ओके रिर्पोटर भदौ १९, भैरहवा रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिएअनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्र्षीय पुरुषको मृत्यु भएको हो । भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका उनलाई ४ दिन अघि मात्र कोरोना पोजेटिभ देखिएको थियो । मिर्गाैलाका बिरामी समेत रहेका उनको शुक्रबार बिहान बुटबल अस्पताल जाने क्रममा घरमै मृत्यु भएको

स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट १ दिनमै दिन माग

 282 total views

 282 total views न्यूज ओके रिपोर्टर भैरहवा, १८ भदौ कोरोना भाइरस संक्रमण पुष्टी भएका बिरामिको उपचारमा खटिएका चिकित्सक,नर्स, तथा अन्य प्राविधिकहरुको पिसिआर रिपोर्ट आउन ढिलो हुदा अस्पताल र स्वास्थ्य केन्द्रहरुबाट प्रदान हुने स्वास्थ्य सेवा प्रभाबित हुन थालेको भैरहवा स्थित युनिभर्शल मेडिकल कलेजका ब्यबस्थापन समुहले जनाएको छ । बिरामीलाई हेरचाह गर्ने डाक्टरहरुको रिपोर्ट १ दिनमै पाउन सके उपचारमा खटिन सजिलो हुने तर स्वाब संकलन गरेको कम्तिमा ६ दिनमा रिपोर्ट आउने हुदा सेवा

जीवनको उपचारमा भैरहवाका तिन लायन्स क्लव द्धारा १ लाख २१ हजार रुपैया सहयोग

 1,217 total views

 1,217 total views लायन्स क्लब अफ सिद्धार्थनगर द्धारा ५१ हजार ,लायन्स क्लब अफ सिद्धार्थनगर लोटस द्धारा ३५ हजार  र लायन्स क्लव अफ सिद्धार्थनगर टुलिप द्धारा ३५ हजार सहयोग न्यूज ओके रिपोर्टर ,भैरहवा (९ भदौ)  उपचारका लागी आर्थिक अभाव भए पछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको शैयामा छटपटाई रहेका प्यूठान नौबहिनीगाउँपालिका वडा नम्बर ८, फप्ली गौराचोकका जीवन पुनलाई सहयोग गर्न आग्रह सहितको तस्बिर सामाजिक सञ्चालमा सार्वजनिक भए संगै सहयोग जुटने क्रम सुरु

गैडहवाका ५३ बर्षीय पुरुषको उपचारका क्रममा भिम अस्पतालमा मृत्यु, घर बनाउने क्रममा घाईते भएका उनमा शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो

 424 total views

 424 total views न्यूज ओके रिपोर्टर भैरहवा(९ भदौ) भिम अस्पताल भैरहवामा उपचाररार्थ गैडहवा गाउँ पालिका वडा नम्बर ३ का ५३ बर्षिय पुरुषको निधन भएको छ । उनमा कोरोना पोजिटिभ देखिएको थियो। गत बिहीबार गैडहवामा घर बनाउनेकामका क्रममा उनि खसे पछि उपचारका लागी भैरहवा स्थित युनिभर्शल मेडिकल कलेज ल्यार्ईएको थियो । अस्पतालका अनुसार उनलाई माइल्ड हेमरेज भएको थियो । हेल्थ प्रोटोकल अनुसार उनको स्वाव परिक्षणका लागी पठाईएको थियो र संगै आइसोलेशन वार्डमा

जीवनको जीवन बचाउन आर्थिक संकलन अभियान सुरु

 447 total views

 447 total views मनोरञ्जन शर्मा भैरहवा, ०८ भदौ । उपचारका लागि आर्थिक अभाव भएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको शैयामा  छटपटाई रहेका प्यूठान नौबहिनीगाउँपालिका वडा नम्बर ८, फप्ली गौराचोकका जीवन पुनलाई सहयोग गर्न आग्रह सहितको तस्बीर सामाजिक सञ्चालमा सोमबार बिहान सार्बजनिक भएलगत्तै उनको उपचारमा आर्थिक अभाब हुन नदिन भैरहवाका बिभिन्न संघसस्थाहरुले पहल सुरु गरेका छन् । गत साउन ३० गते प्यूठान गौराचोक घरबाट आफना बुवा कर्ण बहादुर पुन संग बजार गर्न भन्दै