340 total views, 1 views today
न्यूज ओके रिपोर्टर
भैरहवा (९ कार्तिक)
रुपन्देही जिल्लामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्तिक ९ गते बेलुका ४ बजे सम्म अध्याबधिक गरीएको तथ्यांकमा गएको २४ घन्टामा ६२ पुरुष र ३७ महिला गरी ९९ जनामा संक्रमण पुष्टी भएको हो । यो संख्या संगै जिल्लामा कोरोना संक्रमितको संख्या ५८०६ पुगेको छ ।
उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि राम्रो छ ।३५०७ जना उपचार पछि निको भएर घर फर्किसकेको र २२३७ जना अझै उपचारका क्रममा रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमण पुष्टी भएर मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
नयाँ संक्रमित कुन कुन स्थानिय तहमा कति
बुटवल : ४२
तिलोत्तमाः ३१
सिद्धार्थनगर(भैरहवा):१४
सैनामैनाः ४
सुद्धोधनः४
देवदहः १
सियारीः१
ओमसतियाः१
कञ्चनः१