भैरहवामा कोरोना भाइरस संक्रिमित मध्ये ४९९ जना निको

भैरहवामा कोरोना भाइरस संक्रिमित मध्ये ४९९ जना निको

 185 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा (९ कार्तिक)

सिद्धार्थनगर नगर पालिकामा (भैरहवा) कोरोना संक्रमण पुष्टी भएका मध्ये हाल सम्म उपचार पछि ४ सय ९९ जना निको भैसकेका छन् ।
सिद्धार्थनगर नगर पालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाका अनुसार हाल सम्म ८८२ जनामा संक्रमण पुष्टी भएकोमा ४ सय ९९ जना उपचार पछि निको भैसकेको र अझै ३७२ जना उपचारका क्रममा रहेका छन् ।
सिद्धार्थनगरमा हाल सम्म कोरोना संक्रमण पुष्टी भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । संक्रमण पुष्टी भएको सबैभन्दा धेरै वडा नम्बर ८ मा १५८ भन्दा बढी छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार आइतबार मात्रै सिद्धार्थनगरमा १४ जनामा संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *