रौनक हराएको दशैं

रौनक हराएको दशैं

 122 total views,  2 views today

मनोरञ्जन शर्मा
भैरहवा ।

 

न त यो पालीदशैंतिहार पर्व मनाउनभन्दै भारत र विदेशमा रोजगारका लागिगएका नेपालीहरु विगतमा जस्तै उल्लेख्य आए । नतकतै मालश्री धुनबजेको राम्ररी सुन्नै पाइयो  । न मन्दिरमा बिहानैदेखि भिडभाड देखियो, न भजनकिर्तन  । न नयाँ नोट साट्नेहरुको भिड देखियो, न बजारमा खसीबोका लाएर ल्याएको देखियो  । एक किसिमले भन्दाखालीक्यालेन्डरमा दशैं आएको छ  । दशैंभित्रिसकेको छ  ।

घरघरमा रोपिएकाजमरा पहेलो हुनलागिसके  । तर दशैंको रौनककतै देखिएको छैन्  । बजारमा पिङ गाडिएको छैन्, शुभकामनाआदान–प्रदानकतै भएको देखिएन, केहिले सामूहिकदुर्गा पूजा समारोह आयोजना गरेका छन् परम्परा जोगाउनत्यो पनि डर मानिमानि । वास्तवमा कोरोना भाइरसको संक्रमण र जोखिमले गर्दा जताततै अन्यौल छाएको छ  । टाढाबाट घरमा पर्वका लागिआउनजानखोज्नेहरु पनि घरजानहिच्किचाइरहेको अवस्था रहेको छ  ।

कतंै म संक्रमित त छैन म घर जाँदा घरका अरु विरामीहुने हुनकीभन्ने भान धेरैमा छ, त्यसैले अहिलेको दशैंमा कहिकतै रौनकनै नदेखिएको सामाजिकअगुवातथा साहित्यकार विजय सागर बताउछन्  ।
एकाध डिपार्टमेन्टल स्टोर, पसलहरुमादशैं आएको भान गराउने चङ्गा देख्न सकिन्छ  । बजारमा चहलपहलभएपनिमास्कलगाएर हिडेका नागरिकहरुमाभए देख्न सकिन्छ कोरोना सर्ने होकीभन्ने  । बजारमा यातायात सुचारु छ तर पर्याप्त यात्रु छैनन्  । विगतकावर्षमा यात्रुले लामो तथा छोटो दुरीको लागि साधनपाउनहम्मे–हम्मे पर्दथ्यो तर अहिले यात्रुनै छैनन्, धेरै बसहरु अझै ग्यारेजमाबसपार्कमा थन्किएका छन्, सिद्धार्थ यातायातप्रालिकाअध्यक्ष सुर्यकुमार सारु मगर बताउछन्  ।

                                                                                                                                
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्षकुलप्रसाद न्यौपानेले कोरोनाको जोखिमकायमै रहेकाले व्यवसायअझै बढ्न नसकेको तर बिगतको महिनामाभन्दा सुधार भएको बताउछन्  । तर विगतमा जसरी दशैं तिहारमा रौनकआउथ्यो, उद्योगी, व्यवसायी, उपभोक्तामाअहिले त्यो रौनक छैन, उपभोक्ताहरु पनिबजार गर्न परिवार साथबजार आउन डरले सकिरहेका छन्, खुम्चेको व्यवसायदशैंमा तंग्रिने अपेक्षाथियो तर भएन, अध्यक्ष न्यौपानेले भने  ।

कोरोना भाइरसको डर कायमै रहेको र बिरामीभएर अस्पतालै जानु पर्ने अवस्थाआए अस्पतालमा बेडनै नपाइने अवस्था भैसकेकाले मानिसहरु बजारमा निस्कन डराइरहेको उद्योग व्यापार संगठन रुपन्देहीकाअध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । भण्डारीकाअनुसार आफनो ईलोक्ट्रोनिकपसलको व्यवसाय ९० प्रतिशत खस्केको जनाएका छन्  ।                                अहिले दैनिकअत्यावश्यकखाद्यान्न, मसलाहरुको व्यवसायगतवर्षको तुलनामा केही राम्रो भएको र अटोमा मोटरसाईकल, स्कुटरको व्यवसाय राम्रो रहेको पाइएको छ, भण्डारीले भने  ।             

दैनिक आवश्यक वस्तुहरु, खाद्यान्नलगायतका सामग्रीबिक्रीभने गतवर्षको तुलनामा बृद्धी भएको सानु डिपार्टमेन्टल स्टोरका प्रवन्धनिर्देशक कृष्ण प्रसाद शर्मा (सानु) बताउछन्  । अहिले सुनौलीबजार जाननपाइने भएकाले पनिहोलाखाद्यान्नलगायतकाग्रोसरी सामानको बिक्री राम्रो छ, शर्माले भने  ।

कोरोनाले हरेक ठाउँमा प्रभावपारेको छ , त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी आर्थिक कारोबार हुने दशैंको समयलाई लिन सकिन्थ्यो तर दशैं बजारलाई कोरोनाले खुम्चाइदिएको मात्रै होइन, दशैंलाई नै रौनकनभएको बनाइदियो  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *