भैरहवामै पिसिआर परिक्षण सुरु

भैरहवामै पिसिआर परिक्षण सुरु

 355 total views,  1 views today

आकस्मिक बाहेक हाल दैनिक रूपमा दुई पटक रिपोर्ट दीने गरि अस्पताल बाहेक बाहिरी बिरामी हरुको लागि बिहान ७ बजे देखी साझ ४ बजे सम्म स्याम्पल संकलनको ब्यबस्था मिलाइएको पनि अस्पताल ले जनायको छ । मेडिकले कलेजको यो प्रयोगशाला नेपाल सरकारको राट्रीय जनस्वास्थ्य प्रयोग शाला बाट मान्यता प्राप्त प्रयोगशाला हो । पिसिआर स्थापना को लागि पिसिआर उपकरण सहित भौतिक पुर्बाधार को लागि करिब १ करोड ६० लाख रुपैया लगानी गरेको अस्पतालले प्रशासनले जनाएको छ ।

न्यूज ओके रिपोर्टर
भैरहवा, ६ कार्तिक

कोरोना भाइरस भए नभएको पत्ता लगाउन गरिने परिक्षण आरटी पिसिआर सेवा भैरहवा स्थित युसियमएस(युनिभर्शल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिंग हस्पिटल)मा पनि बिहीबारबाट सुरुवात भएको छ ।

यस क्षेत्रमा नीजि स्तरमा बुटवलमा मात्रै सञ्चालनमा रहेकोमा अब भैरहवामै परिक्षण हुने भएपछि कोरोना भाइरस भएको छकी भन्ने शंकास्पद बिरामीहरुलाई बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालमा कोरोना भाइरसका शंकास्पद बिरामी तथा कोरोना भाइरस पुष्टी भएका बिरामीहरुको उपचार हुदै आएको छ। बिरामीका लागी आईसियु बेड र भेन्टिलेटरको समेत व्यबस्था रहेको छ ।

अस्पतालमा परिक्षण नहुदा शंकास्पद बिरामीहरुको स्वा संकलनका लागी बुटवल बाट प्राबिधिक टिम बोलाउनु पर्ने र रिपोर्ट आउन पनि दुई दिन लाग्ने थियो ।

समयमा रिपोट नआउदा कोरोना भए नभएको पुष्टी नहुदा सम्म शंकास्पद बिरामीहरु मानसिक तनाबमा हुने थिए । यकिन नहुदा उपचारमा पनि ढिलाई हुने हुदा समस्या रहेकोमा अब समस्याबाट समाधान मिलेको र एकै दिनमा रिपोर्ट आउने भए पछि समयमै उपचार हुने हुदा बिरामीलाई प्रतक्ष्य रुपमा फाइदा हुने अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुंगले बताए ।

अस्पतालमा आउने अन्य बिरामीहरुको स्वास्थ सुरक्षा लाई समेत खयाल गर्दै अस्पताल हाता भन्दा बाहिर बायोसेफ्टी दोस्रो तहको प्रयोगशाला स्थापना भएको र यसमा अमेरिकन प्रविधी अजुरे बायोसिष्टममा आधारित मेशिनबाट दैनिक ४ सय भन्दा बढी स्वाव स्याम्पलहरु प्रिक्षणका लागी राख्न मिल्ने सुबिधा रहेको अस्पतालका प्रशासन संयोजक तेज केसीले जनाए ।

आकस्मिक बाहेक हाल दैनिक रूपमा दुई पटक रिपोर्ट दीने गरि अस्पताल बाहेक बाहिरी बिरामी हरुको लागि बिहान ७ बजे देखी साझ ४ बजे सम्म स्याम्पल संकलनको ब्यबस्था मिलाइएको पनि अस्पताल ले जनायको छ । मेडिकले कलेजको यो प्रयोगशाला नेपाल सरकारको राट्रीय जनस्वास्थ्य प्रयोग शाला बाट मान्यता प्राप्त प्रयोगशाला हो । पिसिआर स्थापना को लागि पिसिआर उपकरण सहित भौतिक पुर्बाधार को लागि करिब १ करोड ६० लाख रुपैया लगानी गरेकअस्पतालले प्रशासनले जनाएको छ ।पिसिआर परिक्षण शुल्क नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय तोकेको शुल्क नै लागू हुने बताईएको छ ।

पिसिआर परिक्षण प्रयोगशालाकोे सुभारम्भ रुपन्देही का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ले गर्दै प्रयोगशाला स्थापनाले परिक्षणमा थप मद्धत पुगेको र बिरामीको समयमै उपचार गर्न सहयोग हुने बताए ।

रुपन्देहीमा अहिले लैनिक १ सय भन्दा बढी नयाँ संक्रमित पुष्टी भैरहेको र सरकारी स्तरको लुम्बिनी प्रादेशिक प्रयोगशाला र लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको नेशनल प्याथ ल्याबमा परिक्षण हुदै आएको थियो ।तस्बिर : शम्भु पन्त 

Leave a Reply

Your email address will not be published. Required fields are marked *