रहेनन् इन्जिनियर सुबोध तुलाचन

रहेनन् इन्जिनियर  सुबोध तुलाचन

 412 total views,  1 views today

न्यूज ओके रिपोर्टर
असोज २३, भैरहवा

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ का वार्ड सदस्य इन्जिनियर सुबोध तुलाचनको उपचारका क्रममा मंगलबार राती १०।०५ बजे निधन भएको छ । ४७ वर्षिय तुलाचनको कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो र असोज १४ मा भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा तुलाचन घरमै आइसोलेशनमा रहेको र एक्कासी संक्रमण थप बढेसंगै उनलाई अर्धचेत अवस्थामा भिम अस्पताल पु¥याइएको थियो । एम्बुलेन्स कतै नपाए पछि जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएका थिए । भिमका चिकित्सकहरुले तुलाचनको अवस्था हेरी भेन्टिलेटरमै राखेर उपचार गर्नु पर्ने भनेपछि त्यहाँबाट रातारात मेडिकल कलेज पु¥याईएको थियो ।
मेडिकल कलेजमा तुलाचनलाई भेन्टिलेटरमा राखी उपचार भैरहेको थियो । प्लाज्मा थेरापी समेत दिइएको थियो तर उनलाई बचाउन चिकित्सकले सकेनन् ।
स्व. तुलाचनको श्रीमती, एक छोरा र छोरी हुनुहुन्छ । उनी विभिन्न संघसस्थामा आवद्ध हुनु हुन्थ्यो । जेसिआई सिद्धार्थका सदस्य, नेपाल इन्जिनियरिङ्ग संघका सदस्य , भ्यालुएसर्स एशोसियसन रुपन्देही, साइकल सिटी भैरहवा लगायत बिभिन्न संघ सस्थामा आवद्ध थिए । तुलाचनको निधनले भैरहवा क्षेत्रले एक कुशल, कर्मयोगी इन्जिनियरलाई गुमाएको छ । स्व. तुलाचनको शव व्यवस्थापन नेपाली सेनाको टिमले विहीबार गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *