२ महिनामा १२ अर्ब ४६ करोड राजश्व संकलन

२ महिनामा १२ अर्ब ४६ करोड राजश्व संकलन

 83 total views,  2 views today

न्यूज ओके रिपोर्टर
असोज ९, भैरहवा

भन्सार कार्यालय भैरहवाले चालु आर्थिक वर्षको २ महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसके पनि राजश्व ग्राफलाई ओरालो लाग्न दिएको छैन्  ।
कार्यालयले श्रावणमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सफल भएको थियो भने भदौ महिनामा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी पूर्ण प्रसाद लम्सालले बताए  ।
श्रावण महिनामा देशमा लकडाउन निषेधाज्ञा थिएन त्यसैले आयात बढी र सहज भएको थियो त्यसैले श्रावण महिनामा लक्ष्य अनुरुप राजश्व संकलन भएको थियो  । भदौ लाग्ने बित्तिकै कोराना भाइरसको जोखिम बढे संगै पुनह लकडाउन सुरु हुदा गतिशिल भएको आयात केही खुम्चिन गयो, सूचना अधिकारी लम्सालले भने  ।
भन्सार विभागले भाद्र महिनामा ६ अर्ब ९० करोड २३ लाख राजश्व संकलनको लक्ष्य तोकेकोमा भैरहवा भन्सार कार्यालयले ६ अर्ब ४९ करोड ६८ लाख रुपैया राजश्व संकलन गरेको थियो  । राजश्व संकलन लक्ष्यको ९४.१२ प्रतिशत हो  ।
साउन र भदौ महिनाको ६३ दिनमा कार्यालयले १२ अर्ब ४६ करोड ८ लाख रुपैया राजश्व संकलन गरेको छ  । जुन बार्षिक लक्ष्यको १२.६६ प्रतिशत हो  ।
विभागले भैरहवा भन्सारलाई आर्थिक बर्ष २०७७÷७८का लागी बार्षिक राजश्व लक्ष्य ९८ अर्ब ४५ करोड ४२ लाख रुपैया तोकेको छ  । २ महिनाको राजश्व संकलन विगतमा भन्दा राम्रो रहेको र अहिले सुधार हुदै गएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल भटराईले बताए  । विगतका वर्षहरुको तुलनामा बढी राजश्व दिने कार, जिप, मोटरसाईकल आयात कम हुदा राजश्व प्रभावित हुन पुगेको भटराईले बताए  । उनका अनुसार लकडाउनका कारण विगतमा घटेको आयात क्रमश बढ्दै गएको र सामान्य अबस्थाको तुलनामा करिब ८५ प्रतिशत सम्म आयातको ग्राफ पुगेको छ  ।
अहिले दैनिक ३०० देखि ३ सय ५० को हाराहारीमा ढुवानीका साधन भित्रिरहेका छन्  । अब दशै तिहार छठ जस्ता ठुला चाडपर्व नजिकिदै आएकोले आयात बढने र राजश्व पनि बढ्ने कार्यालयको भनाई छ  । आयात सुधारोन्मुख भए पनि बेलहिया नाका हुदै भारत तथा तेश्रो मुलुकमा हुने निर्यात बढन सकेको छैन्  । त्यसमाथि पनि लकडाउनका कारण निर्यात थप प्रभाबित बनेको छ  ।
प्रशोधित सोयाबिन तेल, जडिबुटी, सिमेन्ट बोरा, धागो तथा फुटेका सिसा लगायतका सामान नगन्य रुपमा निर्यात भएका छन्  । जुन कुल ब्यापारको करिब २ प्रतिशत मात्र हो  । तथ्यांक अनुसार २ महिनामा ब्यापार घाटा यो नाकाबाट ९८ प्रतिशत रहेको छ  ।
यो नाका हुदै उद्योगका कच्चा सामग्री, चामल, आलु प्याज तरकारी, बिभिन्न खाद्य बस्तु, फलाम, सवारी साधन, मार्बल टायल, बिस्कुट, तरकारी, फलफुल लगायतका दर्जनौ उपभोग्य बस्तु आयात हुदै आएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *