थारु संस्कृतिको डेलवा रिसोर्ट

थारु संस्कृतिको डेलवा रिसोर्ट

 94 total views,  1 views today

न्यूज ओके रिपोर्टर
असोज ९, भैरहवा  ।

पर्यटन क्षेत्रमा आकर्षण बढ्दै जादा नयाँ–नयाँ सेवा सुविधा सहितको रिसोर्ट खुल्ने क्रम बढेको छ  । यसै क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ सखुवानी गाउँमा डेलवा रिसोर्ट निर्माण भएको छ  ।
थारु भाषामा डेलवा भनेको झुम्के ढकिया, अर्थात झुम्का राखिएको ढकिया हो र थारु संस्कृतिमा निकै महत्व छ डेलवाको  । डेलवा रिसोर्टको अवधारणा ३९ वर्षिय राम शंकर चौधरी हुन्  । १० वर्ष सम्म विदेश(युएई) बसेर स्वदेश फिर्ता आई ग्रिल उद्योग सञ्चालन गर्दै आएका चौधरीले आफ्नै परिवार र आफन्तबाट लगानी गरी रिसोर्ट निर्माणको काम अघि बढाएका हुन्  ।
भैरहवा–बुटवल सडक खण्डको सखुवानी चोकबाट करिब ५ सय मिटर पश्चिम तर्फ रिसोर्ट बनिरहेको छ  । चारै तिर खजुरको रुख प्रवेशद्वारबाटै देखिने गरी फाउन्टेन त्यसको बिचमा डेलवा र डेलवा माथि शान्तिका प्रतिक बुद्ध भगवान्को बालक हुँदाको स्वरुपको मुर्ति रहेको छ  ।
माछा पोखरी भित्रै बनाईएको छ  । पोखरीसंगै जोडेर आकर्षक रेष्टुरेन्ट, पोखरीको बिच भागमा बिश्राम गर्न वा बसेर खानपान गर्न मिल्ने लबि बनाईएको छ  । त्यहीबाट त्यहाँ आउने अतिथीहरुले बल्छी मार्फत पोखरीमा माछा मार्न सक्ने सुबिधा पनि रहेको छ  । (डेलवा रिसोर्टको भिडियो रिपोर्ट हेर्न तलको फोटो क्लिक गर्नुहोला ।)
रिसोर्टमा पार्टी प्यालेश पनि निर्माण छ  । त्यहाँ ५ सय बढी मानिस अट्न सक्छन् र त्यहाँ प्रत्येक शुक्रबार थारु संस्कृति झल्कने कार्यक्रम देखाउने योजना रहेको चौधरीको भनाई छ  । यस क्षेत्रमा पर्यटकहरु धेरै आउने संभावना छ, लुम्बिनी यसै क्षेत्रमा छ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको अन्तिम चरणमा छ तर आन्तरिक र बाह्य पर्यटकहरुलाई थारु संस्कृति झल्कने खालको गतिबिधी केही छैन, त्यसैले डेलवा रिसोर्ट निर्माण गरी थारु संस्कृति झल्कने गतिबिधी प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्छौं, उनले भने  । चितवनको सौराहामा थारु संस्कृति र कार्यक्रम त्यहाँ पुग्ने पर्यटकहरुका लागि जति आकर्षण छ त्यस्तै यहाँ पनि बनाउने हो , प्रबन्ध सञ्चालक रहेका चौधरीले भने  । भित्र पौडी पोखरी निर्माण हुनेछ  । साथै ४ तले भवनमा ४० कोठा हुनेछन्  । कम्तिमा १ सय जना बास बस्न सक्ने छन् त्यहाँ  । त्यस्तै रिसोर्टको चारै तिरको कम्पाउण्ड वालको भित्तामा थारु संस्कृति झल्कने चित्रकलाहरु पेन्ट गरि राख्ने, थारु संस्कृति र जीवनीमा आधारित सामग्रीहरु प्रदर्शन गरी मिनी थारु भिलेज जस्तै बनाइने छ, चौधरीले भने  । रिसोर्ट प्रवेश गर्ने पाहुनालाई थारु परम्परा अनुसार अन्दीको भुजा, ढिकरी, आलुको चोखा, नुन र खुर्सानीले स्वागत गर्नेछौं, साथै रेष्टुरेण्टको मुख्य मेनुमा थारु परिकार सुरुमै राख्नेछांै  । तरकारीहरु सबै आर्गेनिक प्रयोग गर्छौं र त्यसका लागि ५ बिगाहा क्षेत्रफलमा तरकारी खेती सुरु गर्दैछौं, त्यहाँ स्थानिय लोकल कुखुरा पालन गर्ने र अर्कै खेतमा कालानमक धान खेती भएको र पाहुनाले मेनु अनुसार, कालानमक चामलको भात, स्थानिय लोकल कुखुरा, माछासंगै थारु परिकारको स्वाद त्यहाँ पाउनेछन् साथै अन्दी चामलको भात त छदैछ, चोधरीले भने  । (डेलवा रिसोर्टको भिडियो रिपोर्ट हेर्न तलको फोटो क्लिक गर्नुहोला ।)
रिसोर्टमा अहिले फुड ट्रायल एण्ड टेष्टका लागि रेष्टुरेन्ट सामान्य रुपमा भए पनि सञ्चालनमा आएको र अहिले कोभिडको कारणले काम रोकिए पनि सन् २०२२ भित्र सबै काम सम्पन्न गरी सोहि वर्ष पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना रहेको रिसोर्टका प्रवन्ध निर्देशक दिपक चौधरीले बताए  । ३५ कट्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा अहिले सम्म ७ करोड बढी खर्च भैसकेको छ भने सबै निर्माण सम्पन्न हुँदा करिब २४ करोड लागत पुग्ने प्रबन्ध सञ्चालक राम शंकर चौधरीले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *