सक्षम परियोजना तथा एचआरडिसिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सक्षम परियोजना तथा एचआरडिसिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

 1,022 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
असोज ६, भैरहवा
अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रद्धारा सञ्चालित सक्षम परियोजना बुटवल शाखाले मायादेवि गाउपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अपांगताको हक हित र संरक्षणमा काम गर्दै आएको एच आर डि सिले मंगलबार मायादेवि गाउँपालिकामा आफ्नो अन्तरक्रिया तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मायादेवि गाउपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले हरेक वर्ष अपांग बालबालिकाको खोजि गर्दै सहयोग गरिरहेको र यसको लागि गाउँपािलकाले पनि सक्दो सहयोग गर्ने बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि मायादेवि गाउँपालिकाका कार्यकारि प्रमुख ऋषिराम पन्थिले एच आर डि सिले समाजमा गरेको काम अतुलनिय भएको बताए ।

कार्यक्रममा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बुटवलका सुपरभाइजर दिप न्यौपानेले अपांग बाल अस्पतालले कस्ता काम गर्छ र केके काम गरिरहेको छ भन्नेबारेमा प्रकाश पारेका थिए । यसैगरि एच आर डि सि तथा सक्षम परियोजना रूपन्देहिका पुनस्थापना सहायक तुल्सिराम ओलिले अपांगता कस्तो अवस्थालाई भनिन्छ र यसलाई कति प्रकारले कसरी बुझ्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा १७ जना अपांग बालबालिका तथा अभिभावक सहभागी भएका थिए भने कम्लेस शाहि लाई स्कुल कीट र अखिलेस मल्ल र कृष मल्ललाई अपांग मैत्रि जुत्ता समेत संस्थाद्धारा प्रदान गरिएको थियो ।
एच आर डि सिले विगत ३६ वर्ष देखि अपांगता भएका बालबालिकाको उपचार र पुनस्थापनको क्षेत्रमा काम गर्दै आएको छ । यसले जन्मदेखि १८ वर्ष मुनिका बालबालिकालाई अवस्था हेरिकन निशुल्क उपचार पनि गर्दै  आईरहेको छ । कार्यक्रममा सि  बि एम नेेेेपालकाेे अार्थिक  सहयाेग रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *