व्यवसायीलाई क्षतिपूर्ति राहत प्याकेज माग गर्ने ःउद्योग व्यापार संगठन रुपन्देही

व्यवसायीलाई क्षतिपूर्ति राहत प्याकेज माग गर्ने ःउद्योग व्यापार संगठन रुपन्देही

 120 total views,  2 views today

न्यूज ओके रिर्पाेटर
असोज ४, भैरहवा
कोरोना माहामारीका कारण बन्द गरिएका व्यापार व्यवसायहरुलाई उद्योग व्यापार संगठन रुपन्देहीले राहत प्याकेजको माग गर्ने निर्णय गरेको छ । ६ महिना देखि बन्द रहेका व्यवसाय असोज १ गते देखि पूर्ण रुपमा खुल्न थालेका छन् । धेरै समय बन्द रहेकाले व्यापारीहरु धेरै घाटामा गएको अनुमान गर्दै व्यापार संगठनले यस्तो निर्णय गरेको हो । उद्योग तथा व्यापार क्षेत्रका व्यवसायिहरुलाई बैंकको ब्याज छुट र किस्ताको अवधि बढाउन समेत पहल गर्ने व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

साना तथा ठूला होटल, यातायात, पार्लर, सैलुन तथा नीजि स्कूलहरुलाई पर्न गएको नोक्सानीको लागि सरकारको सम्बन्धित मन्त्रालयबाट विज्ञ टोलि गठन गरि आर्थिक नोक्सानीको यथार्थ विवरण बाहिर ल्याउन समेत पहल गरिने भण्डारीले जानकारी दिए । व्यापार व्यवसायहरु पूर्ण रुपमा बन्द गरेर बस्दा धेरै घाटा बेहार्नु परेकोले सचेतना सँगै मापदण्डमा रही सञ्चालनमा ल्याइएको छ ।
आइतबार पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले आफ्नो संगठनको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए । जसमा नगर सरसफाई रक्तदान , व्यवसायीका समस्या समाधान तथा समय सापेक्षित छलफल तथा अन्तक्रिया कार्यक्रमहरु रहनेछन् । यस्तै नयाँ वर्षको क्यालेन्डर, सडकखाना महोत्सव, व्यवसायीको नयाँ दर्ता, नवीकरण र संगठनको अधिवेशनलाई वार्षिक कार्ययोजनामा समेटिएको भण्डारीले जनाए ।

साथै यसैवर्ष आफ्नै कार्यालयको भवन निर्माण कार्यको सुरुवात समेत गर्ने र भवन निर्माणर्थ आर्थिक उर्पाजनको लागि १६ वटा विभिन्न उपसमिति समेत गठन गर्ने निर्णय गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *