किशोरीहरुलाई मार्यादा किट्स

किशोरीहरुलाई मार्यादा किट्स

 425 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
असोज ४, भैरहवा
सिद्धार्थ सामुदायिक समाज भैरहवा र केएर नेपालको साझेदारीमा टिपिङ पोइन्ट परियोजना अन्तर्गत कोभिड १९ को माहामारीको समयलाई मध्यनजर गरी १ सय ५८जना किशोरीहरुलाई मार्यादा किट्स सामाग्री बितरण गरिएको छ ।

किशोरीहरुलाइ स्यानीटाईजर, स्यानीटरी प्याड, सुट, सुरवाल, टावेल, दुपट्टा, चप्पल, झोला,साबुन, टर्चलाईट लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष समिता मल्लले बताउनु भयो ।

देवदह भवानीपुरमा ४० जना ,तिलोत्तमाको टिकुलीगढमा ४० जना, सियारीको पश्चिम अमुवामा २० जना, मायादेवि गाउँपालिकामा ३५ जना,लुम्बिनी मा २३ जना गरी जम्मा १सय ५८जना किशोरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *