भिम अस्पताल ५० शैयामा स्तरोन्नती गर्ने निर्णय

भिम अस्पताल ५० शैयामा स्तरोन्नती गर्ने निर्णय

 225 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा (२ असोज)

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज (२०७७ असोज २ गते बसेको बैठकले) भैरहवा स्थित भिम अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
भिम जिल्ला अस्पतालका रुपमा रहेको छ र अहिले कोभिड अस्पतालका रुपमा रहेको छ । बैठकले भिम अस्पताल संगै अन्य पाच जिल्ला अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लाई पनि ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बैठकले अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरे संगै भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय समेत भएको बैठक पछि जारी बिज्ञप्तीमा उल्लेख छ ।
बैठकले शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरेको छ । रकम पाउने पालिकामा प्यूठान नगरपालिका,गुलरिया नगरपालिका,सिस्ने गाउँपालिका,रोल्पा नगरपालिका,सन्धिखर्क नगरपालिका,रामग्राम नगरपालिका रहेका छन् ।
बैठकले रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने, असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघाराै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *