सिद्धार्थनगर सिटि अस्पतालले अत्याधुनिक भवनबाट सेवा दिदै

सिद्धार्थनगर सिटि अस्पतालले अत्याधुनिक भवनबाट सेवा दिदै

 784 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
भदौ ३०, भैरहवा
रुपन्देही सदरमुकाम भैरहवामा सञ्चालन भैरहेको सिद्धार्थ सिटि हस्पिटलले थप अध्याधुनिक भवन निर्माण गरी ट्रमा सहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले ७० करोडको लगानी थप गरेको छ ।

हाल अस्पताल भाडाको भवनमा सञ्चालनमा रहेकोमा सिद्धार्थ सिटि हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन समेत निर्माण सम्पन्न गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । ५५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन सिद्धार्थनगर भैरहवा नजिकै मायादेवी गाउँपालिकामा रहेको छ ।

नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप १ सय शैयाकोे अस्पताल निर्माण भएको हो । अस्पतालमा अन्डरग्राउण्डसँगै ६ तलाको भवन छ । हस्पिटलमा बिरामीलाई स्टेचरमा गुडाएर लैजानलाई ठूलो र्‍याम्प र २ वटा आकस्मिक बिरामी स्टेचर एकै पटक लैजान मिल्ने लिफ्ट समेत रहेको छ ।
हस्पिपटलका सबै वार्डहरुमा भेन्टिलेशन रहनेछन् भने सेवा लिन आउने बिरामीको लागि छिट्टै सेवा दिन प्रत्येक विभागलाई कम्प्यूटरको माध्यमबाट डिजिटल तरिकाले काम गराइने छ । जसले गर्दा कागजी काम कम हुने र अस्पताललाई पेपरलेश गराईने योजना रहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।
आकस्मिक बिरामी धेरै आउने भएकोले १५ शैयाको आकस्मिक कक्ष (ईमरजेन्सी वार्ड) रहेको छ । जसमा सिकिस्त, अति सिकिस्त र सामान्य गरि ३ किसिममा वर्गिकरण गरिएको छ । मुटु बिरामीका लागि विशेष सेवा दिने उद्देश्यले जर्मनीमा निर्मित मेसिनको प्रयोग गरिने छ । जसबाट ईको, टिएमटि, होल्टर र मोडेलर सिसियूद्धारा बिरामीको परिक्षण गरिने बताईएको छ । यस अस्पतालमा ३ वटा मोडुलर अत्याधुनिक अपरेशन कक्ष यस क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुने पौडेलले जनाए ।

मोडुलर ओ.टी मोडुलर आई.सि.यु मा बिरामीहरुमा संक्रमण तथा जोखिम अत्यन्त कम हुने, मुटुका विरामीहरुलाई सेवा दिनका लागी जर्मनमा निर्मित मेसिन द्धारा ईको, टिएमटी, हल्टर र मोडुलर सिसियु सञ्चालन हुने बताईएको छ । त्यसै गरी मोडुलर ओटीमा न्युरो, हाडजोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पुर्ण शल्यक्रिया हुने अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा उपचारका लागी आउने बिरामीहको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याबिन रहेको र अस्पताल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल २० किमी दुरीमा बुद्ध जन्मस्थल लुम्बिनी समेत रहेकोले त्यहाँ आउने विदेशी पाहुनाहरुलाई लक्षित गरी १८सय वर्ग फिट क्षेत्रफलमा सुईट रुम सुविधाका कक्षहरु बनाईएका छन् ।

अस्पतालमा स्थानीय ख्यातीप्राप्त चिकित्सक र अनुभवी काठमाण्डौका चिकित्सकहरुबाट विशेष किसिमको सेवा सञ्चालन हुने बताईएको छ । यस क्षेत्रमा सडक दुर्घटजना बढी हुने र ट्रमा अस्पताल नरहेकोले यो अस्पताललाई ट्रमा विशेष अस्पतालका रुपमा लैजाने योजना अस्पताल व्यवस्थापनको रहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।

१ सय सैया उपलब्ध हुने अस्पतालको सेवाग्राहीहरु प्युठान, अर्घाखाची, गुल्मी, पाल्पा,कपिलबस्तु, नवलपरासी, रुपन्देही र सिमावर्ति भारतका ४० किलोमिटर टाढा सम्मबाट आउने गरेका छन् । नया सेवा सुबिधा उपलब्ध हुने भएपछि सेवाग्राहीलाई थप मद्धत पुग्ने अस्पतालले जनाएको छ ।
हाल भैरहवा बुद्धचोक(लुम्बिनीगेट)मा अबस्थित अस्पतालले डाईलासिस लगायतका बिभिन्न सेवा उपलब्ध गराउदै आएको छ ।

भैरहवामा मेडिकल कलेज समेत रहेको छ । तर नगर भित्र यो अस्पताललाई सिटी अस्पतालको रुपमा लैजाने र बिरामी पर्दा नजिकको अस्पताल, स्वास्थ्यसेवा केन्द्रमा लैजाने प्रचलन अनुसार अस्पताललाई विस्तार गरी स्तरीय सेवा दिने बताईएको छ ।
कोरोना भाइरस संक्रमणको कारण नया भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न ढिला भए पनि अबको ३ महिना भित्र नया भवनबाट सेवा प्रदान गरीने अस्पताल व्यवस्थापनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *