रुपन्देहीमा बिहिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा बिहिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि

 198 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
भदौ २५, भैरहवा ।
गएको २४ घण्टामा रुपन्देही जिल्लामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार ११ महिला र २० पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ६ महिला र १० पुरुष रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका ४ महिला र ४ पुरुष, मायादेवी गाउँपालिकाका १ महिला र ३ पुरुष, देवदह नगरपालिकाका २ जना पुरुष र तिलोत्तमा नगरपालिकाका १ जना पुरुषमा भाइरस संक्रमण देखिएको हो ।

यससँगै हालसम्म रुपन्देहीमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १४ सय २१ जना पुगेको छ । भाइरस संक्रमण पछि अहिलेसम्म निको भई घर फर्किनेको संख्या ७ सय ४७ जना रहेका छन् । यस्तै ६ सय ६० जना उपचारको क्रममा आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड १९ फोकल पर्सन केदार नाथ शाहले जानकारी दिए । उनका अनुसार हालसम्म रुपन्देही जिल्लामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *