गलत कामले पश्रय पाउदैनः प्रजिअ पिताम्बर घिमिरे,रुपन्देही

गलत कामले पश्रय पाउदैनः प्रजिअ पिताम्बर घिमिरे,रुपन्देही

 706 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
भदौ २५, भैरहवा

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दन्डहिनताको अन्तका लागी कानुनी कारबाही गर्न आफूले पाएको अधिकारलाई सदुपयोग गरि पूर्ण रुपमा लागु गर्ने बताएका छन् ।

हालै मात्र नवलपुरबाट रुपन्देही जिल्लामा सरुवा भएर आएका प्रजिअ घिमिरेले रुपन्देहीका सञ्चारकर्मि संग परिचयात्मक छलफल गर्दै उनले गलत गर्नेलाई दन्डको भागिदारी हुनु पर्ने र जिल्लामा गलत कामले पश्रय नपाउने बताए । उनले कोरोना भाइरस संक्रमण र जोखिम न्यूनिकरण संगै जनजीवन सहज बनाउदै लानु पर्ने चुनौती समेत अहिले रहेको बताएका छन् ।

कोभिड न्यूनिकरण संगसंगै शान्तिसुरक्षाको अवस्था बलियो बनाई, अमनचयन कायम गराउनु मुख्य दायित्व रहेको बताए । उनले विगतमा गरिएका राम्रा कामलाई निरन्तरता दिनुका साथै रोकिएका सबै कार्यहरु पुन सञ्चालनमा ल्याउन आफूले सक्दो कोसिस गर्ने बताए ।
भारतीय सिमासँग जिल्लाको भाग जोडिएकोले चुनौतीहरु धेरै भएपनि यसलाई समाधान गर्ने बाटो तर्फ आफू लाग्ने समेत बताए । रुपन्देहीको सुरक्षा व्यवस्थालाई बलियो बनाउदै तस्करीलाई पूर्ण रुपमा बन्द गर्ने भन्दै यसको लागि सूचना दिएर सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

प्रजिअ घिमिरेले आफ्नो एकल प्रयासले कुनै पनि कुरा सम्भव नहुने भएकोले हरेक तहबाट आफूलाई सहयोगको खाँचो रहेको भन्दै हरेक क्षेत्रलाई उचित र सभ्य बनाउने प्रयास गर्ने बताए । भारतसँग जोडिएका मुख्य र सहायक नाकाहरुमा खुकुलोपना रहेकोले धेरै जोखिम मोल्नु परेको भन्दै यस तर्फ विशेष ध्यान दिन र कोरोना भाइरसको माहामारीको बेलामा देश नै लकडाउन भएपनि भारतीय सिमा नाकाहरुबाट तस्करी भइरहेको तर्फ ध्यान जान जरुरी रहेको सञ्चारकर्मिले प्रजिअ घिमिरेलाई आग्रह गरेका थिए ।

खुल्लानाकाबाट दैनिक सयौको संख्यामा भारतिय नागरीकहरु दैनिक रोजगारका लागी आउने गरेको र बेलुका काम सकेर भारत जाने गरेकाले सिमामा पुर्णत कडाई गरी आवतजावत रोक्नुपर्नेै, स्वास्थ्य सतर्कता, सहजता अपनाई बजारलाई सहज बनाउन तर्फ लाग्नु पर्ने बिषयमा जोड दिईएको थियो ।

कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल, प्रशासकिय अधिकृत तथा सूचना अधिकारी जनक थापा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिशी लगायत भैरहवा क्षेत्रमा कृयाशिल संचारकर्मिहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *