बुधबार रुपन्देहीमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सबैभन्दा धेरै सिनपामा २४ जना

बुधबार रुपन्देहीमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सबैभन्दा धेरै सिनपामा २४ जना

 214 total views,  1 views today

न्यूज ओके रिर्पाेटर
भदौ २४, भैरहवा
गएको २४ घण्टामा रुपन्देहीमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार १८ महिला र २४ जना पुरुषमा भाइरस संक्रमण देखिएको हो । संक्रमितहरुमध्ये सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा २४ जनामा पोजेटिभ देखिएको हो । जसमा ११ जना महिला र १३ जना पुरुष रहेका छन् । यस्तै बुटवल उपमहानगरपालिकामा ३ महिला र ४ पुरुष, कोटहीमाई गाउँपालिकामा २ पुरुष र ३ महिलामा संक्रमण देखिएको हो । देवदह नगरपालिकामा २ पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकाका २ महिला, सुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका १÷१ जनामा भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड १९ फोकल पर्सन केदारनाथ शाहका अनुसार रुपन्देहीमा हालसम्म १३ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको हो । शाहका अनुसार हालसम्म ६ सय ५८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ सय १८ जना उपचारको क्रममा आइसोलेसनमा रहेका छन । बुधबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *