मास्क खोई त मेयर साहब ?

मास्क खोई त मेयर साहब ?

 5,720 total views,  4 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१४ असार)

सिद्धार्थनगर नगर पालिकाले अघिल्लो हप्ता १ सार्बजनिक सूचना जारी गरयो । सूचनामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा कोरोनाका बिरामीहरु दिन प्रतिदिन बढीरहेकोले नगरबासीहरु आफनो घर बाहिर जानुपर्दा अनिबार्य रुपमा मास्क लगाउनु हुन अनुरोध गरीएको छ । असार ७ गते जारी सूचनामा प्रमुख प्रशासकिय अधिकृत तुल्सी राम मरासिनीको हस्ताक्षर रहेको छ ।

तर उक्त सूचनाको उल्लघंन सिद्धार्थनगरकै नगर प्रमुख हरि प्रसाद अधिकारी, उप प्रमुख उमा काफले, सूचना जारी गर्ने प्रमुख प्रशासकिय अधिकृत तुल्सी राम मरासिनी, कार्यालयका बरिष्ठ ईन्जिनियर, अधिकृतहरु, जनप्रतिनिधीहरुले समेत पालना नगरेको पाईए पछि आलोचना भएको छ ।

सबैले भनेका छन, मास्क खोई त मेयर साब । अभिभाबकलेनै नलगाए पछि छोराछोरीले के गर्ने, नगरबासीलाई नियम कानुनको दायरमा बाध्ने तर आफुहरु नियम मिच्दै हिडेको र नगरपालिकाकै कारण कोरोना भाईरसको जोखिम भैरहवामा बढेको नगरबासीको आरोप छ ।

शनिबार (असार १३ गते) नगरपालिकाको सातौं नगरसभाका क्रममा पटवा ब्यान्कवेटमा आयोजित कार्यक्रममा मञ्चमा सहभागी कसैको पनि अनुहारमा मास्क देखिएन । यहा सम्मकी भौतिक दुरीको त कुरै छाडौ कोरोना भाइरसको संक्रमणको जोखीमनै नगरेको जस्तो देखियो ।

नगरबासीका अभिभाबकका रुपमा रहेका नगरप्रमुख, उपप्रमुख लगायतले नै आफनो कार्यालय बाट जारी गरीएको स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी सूचनाको धज्जी उडाएको नगरबासीको भनाई छ ।

मायादेबी च्यारिटेबल फाउन्डेशनका अध्यक्ष रबि कुमार रौनियारले कोरोना संक्रमणको जोखिम रहिरहदा नगरको अभिभावकत्व गर्ने नगर प्रमुख आफै सार्वजनिक कार्यक्रममा मास्क समेत नलगाई संक्रमणको खतरा उत्पन्न गर्ने संभावना देखिएको र जनतालाई अनुसरण गराउन् पर्ने ठाउमा स्वयं अनुसरण नगर्नु अति दुखद बिषय भएको बताए ।

नगरसभामा सहभागी मध्ये १ जनामा कोरोना संक्रमण भएको पुष्टी शनिबार बेलुका भएको थियो । पुष्टी हुन पुर्बनै आयोजना भएको कार्यक्रममा नगरपालिका प्रमुख, उप प्रमुख, प्रशाकिय अधिकृत लगायतले स्वास्थ्य सुरक्षाको कत्ति पनि ख्याल नगर्दा आलोचित बन्न पुगेका हुन् । त्यति मात्रै होईन कोरोनाको जोखिमनै नभए झै टासीएर सामुहिक तस्बिर खिचाउने, सम्मान पछि हात मिलाउने जस्ता कार्यले उनिहरुलाई थप आलोचित बनाएको हो।


नगरपालिकाले नगरबासीमा उर्दीमात्रै जारी गर्ने तर आफुहरुको हकमा त्यस्ता नियमहरुको पालना नगर्दा हासोको पात्र बनेका छन् उनिहरु । जसले बाटो देखाउने हो र मुलुकले कोभिड १९ का लागी तयार गरेको ब्यक्तीगत र सार्वजनिक तवरले पालन गर्नुपर्ने निर्देशनको अवहेलना गरी उहाँहरुलेनै यस नगरलाई कोभिड १९को संक्रमणको अड्डा बनाउन तम्तयार भएको आरोप स्थानिय दिनेश पौडेलले लगाएका छन् । सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, यस्ता गैर जिम्मेवार कार्यले नगर सभा कार्यमा सहभागी सबैलाई तथा उनिहरुका परिवार र समुदायलाई समेत ईन्फेक्सन वा कन्टयाक ट्रेसिंगको जंजालमा फसाएको लेखेका छन् ।

उता जनता समाजबादी पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन कुमार जयसवालले बिज्ञप्ती जारी गर्दै नगर सभामा सहभागीहरु क्वारेनटाईनमा बस्नु पर्नेमा खुल्ला रुपमा बजारमा घुमिरहेको भन्दै शनिबारको कार्यक्रममा सहभागीहरुलाई क्वारेन्टाईनमा राख्न आग्रह गरेका छन् ।

नगरपालिकाले नियममात्रै बनाउने तर आफुहरुले नमान्ने हो भने नगरबासी र बजारलाई मात्र बन्धक बनाउन नहुने नगरबासीको भनाई छ ।उता ब्यापक आलोचना भए पछि सिद्धार्थनगर नगर पालिकाले आईतबार अर्को सूचना जारी गर्दै नगरबासीलाई भिडभाड हुने गरी कुनै कार्य नगर्न आग्रह गरेको छ ।

1 Comment


  1. सि . न. पा . का सबै जना मेयर , उप मेयर , वार्ड अध्यक्ष ज्यु हरु र जुन जुन ब्याक्तिहरु नगरसभामा उपस्थिति हुनुभएको थियो ती ब्यक्तिहरु काेराेना पाेजिटिभ पत्रकारहरुसँग लसपस भऐर अाफै घर घरमा क्वारेन्टाइन हुनु भऐकाे छ भन्ने अपुस्ट समाचारहरु सुन्नमा अाऐकाे छ र नगरपालिका पनि बिदामा छ रे के याे साच्चिकै सत्य हाे यदि हाे भने नियम पालाना गराउने सँस्था ( पालिका ) लाई जरिवाना नलाग्ने हाे के याँहाहरूले गरेकाे गल्तीको सजय हामी नगरवासीले ब्याजमा तिर्ने हाे ? अब के हुन्छ हाेला नगरमा घर घरमा काेराेनाकाे माहमारी भयाे भने यस्काे जिम्मेवारी कस्ले लिने । भारतमा हिजोको समाचारमा हेरेकाे थियो मैले जस्ले यस्तो गम्भीर गल्ती गरेकाे छ त्यसलाई जरिवाना सहित जाे जाे क्वारेन्टाइन भएकाे छ ति सबै ब्याक्तिकाे खर्च ति ब्याक्तिसँग बसुल गरिएकाे छ । के अब यहाँ पनि यस्तै प्रक्रितिकाे नियम लागु गरिनु पर्दैन र ? 😡😡😡😡

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *