कोरोना संक्रमणको जोखिम बढेकोले अब थप होशियार हुनु पर्छ : डा. सागर न्यौपाने

कोरोना संक्रमणको जोखिम बढेकोले अब थप होशियार हुनु पर्छ : डा. सागर न्यौपाने

 1,038 total views,  2 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(८ असार)

नेपालका केही जिल्लामा कोभिड संक्रमण समुदायमा फैलिसकेको पुष्टि भैसकेकोले अब थप होशियार हुनु पर्ने युवा चिकित्सक डा. सागर न्यौपानेले बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफनो भनाई राख्दै चिकित्सक न्यौपानेले नेपालका केही जिल्लामा कोभिड संक्रमण समुदायमा फैलिसकेको पुष्टि भैसकेकाले अहिलेको अवस्थामा सरकारका सम्बन्धित निकाय र नागरिक अझ बढी सचेत, जिम्मेवार एवं होशियार हुनुपर्ने देखिएको बताएका छन् ।

सरकारले व्यापक परिक्षणको तयारी स्वरुप नयाँ मेसिन र आवश्यक सामग्री सहित नियन्त्रणका आवश्यक तयारी गरिरहेको बाबजुद लकडाउन झन् कडा रुपमा कार्यान्वयन गर्नुपर्ने उनको तर्क छ ।

सरकारले हप्ता दिन यता लकडाउन खुकुलो गर्ने नीति लिएपछि अहिले दिनको समयमा जो पनि जुनसुकै सवारी साधन हाकेर हिडिरहेका देखिनेगरेको र नागरिकहरु त काम परे पनि नपरे पनि लामो समय सम्मको बन्दाबन्दी पश्चात् बाहिर निस्फिक्री हिड्न पाएकोमा धेरै खुशी पाईएको उनको भनाई छ । सर्बसाधारणहरु यसै पनि कोरोना सङ्गको डर कम भएको भन्दै मास्क र आवश्यक सावधानी अपनाउन पनि धेरैले छोडेको पाईएको चिकित्सक न्यौपानेले उल्लेख गरेका छन् ।

सर्बसाधारण निस्फिक्री हिडदा, सुरक्षा संयमता नअपनाउदा संक्रमण उग्ररूपमा समुदायमा फैलिने जोखिम अझै बढने र हाम्रो देशको अवस्था अहिलेको अमेरिका, ब्राजिल, रसिया वा भारतको जस्तो नहोला भन्न नसकिने भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् ।

भारत सहित विश्वभरी नै शुरूवातमा संक्रमण र मृत्युदर कम देखिए पनि संक्रमितको संख्या ह्वात्तै बढेसङ्गै मृत्यु हुनेको संख्या पनि अप्रत्याशित रुपमा बढेको छ, उनले लेखेका छन्,

नेपालका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भएर होइन कि अझै सामुदायिक संक्रमण व्यापक नभैसकेकोले जटिल स्वास्थ्य अवस्था भएका मानिसमा संक्रमण नफैलि सकेको, संक्रमणले औसतमा ४ हप्ता सम्म शरीरमा असर गर्न सक्ने हुँदा धेरैमा संक्रमणको शुरुवातमै समस्या जटिल नदेखिएको, आदि कारणले गर्दा हालसम्म मृत्युुदर अरु उत्तिकै संख्यामा संक्रमण फैलिएका देशमा भन्दा निकै कम देखिएको छ, उनले भने ।

भारतबाट मात्र सिक्ने र अनुसरण गर्ने मात्रै नगरौं कि भन्दै उनले चीन र भियतनाम जस्ता कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेका सरकारबाट पनि सिक्ने र व्यवहारिक रुपमा सम्भव भएका नतिजामुलक काम गर्ने प्रयत्न गरौं भन्दै उनले सरकारलाई आग्रह समेत गरेका छन् ।  चिकित्सक न्यौपानेले सम्बन्धित निकाय, सरोकार वाला र आम जनताको यसप्रति गम्भीरता र ध्यानाकर्षण समेत गरेका छन् ।
(चिकित्सक न्यौपाने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *