सिद्धार्थनगर(भैरहवा क्षेत्र)मा बजार ब्यबसाय सुचारु हुने

सिद्धार्थनगर(भैरहवा क्षेत्र)मा बजार ब्यबसाय सुचारु हुने

 1,566 total views,  3 views today

सुर्तिजन्य तथा मदिरापसल भने खोल्न नपाईने उता होटल, रेष्टुरेन्ट, बार, ब्युटिपार्लर, सैलुन, बिद्यालय तथा शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र, फुटसल, रंगशाला, धार्मिक तथा सास्कृतिक भेला, सम्मेलन, सिनेमाहल, ब्यायामशाला सञ्चालन गर्न नपाईने भएको छ ।(२५ गते बाट लागू हुने)

न्यूज ओके रिपोर्टर
भैरहवा(२४ जेठ)

सिद्धार्थनगर नगर पालिकाले भैरहवा क्षेत्रका बजार ब्यबसायहरु सञ्चालन गर्न मापदण्डहरु तय गरेको छ ।
चैत्र ११ गते देखिको निरन्तर हुदै आएको लकडाउनले बजार, ब्यबसाय बन्द रहदा सबै क्षेत्र प्रभाबित भएको भन्दै लकडाउनलाई खुकुलो बनाई बजार क्षेत्रलाई चलायमान बनाउनु पर्ने माग बारम्बार उठदै आएको थियो ।

शनिबार नगरपालिकामा बसेको बैठकले निर्णय गरे अनुसार अत्याबश्यक सेवाहरु निरन्तर रुपमा चल्ने बताईएको छ । औषधी उपकरण, र उपचारका सामग्री, उत्पादन बिक्री बितरण तथा ढुवानी सेवाहरु निरन्तर चल्ने छन् । त्यसै गरी खाद्य बस्तु , पानी, दुध , फलफुल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराको दाना पसल बिहान ५ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ८ बजे सम्म सञ्चालनमा आउने छन् ।

त्यस्तै औषधी उत्पादन ,ग्यास बोटलिंग, जस्ता कार्य निरन्तर रुपमा सञ्चालन हुने छन् । बैंकिंग सेवाहरु न्यूनतम कर्मचारीबाट निरन्तर रुपमा सञ्चालन हुने, दुर संचार तथा संचार सेवा उपलब्ध गराउने सस्था निरन्तर सञ्चालनमा आउने छन् ।

फेन्सी पसल, ईलोक्टोनिक पसल, भाडा पसल र अन्य खुद्रा पसलहरु आईतबार, मंगलबार, बिहीबार र शनिबार ११ बजे देखि ४ बजे सम्म, खाद्यान्नको होलसेल पसल तथा हार्डवेयरका पसलहरु सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान ११ बजे देखि ४ बजे सम्म, स्टेशनरी तथा पुस्तक सवारी साधन सँबन्धी पसलहरु सोमबार, बुधबार, शुक्रबार र शनिबार ११ बजे देखि ४ बजे सम्म सञ्चालनमा आउने छन् ।

सुपरमार्केटको हकमा बिहान ७ बजे देखि दिउसो २ बजे सम्म खाद्यान्न मात्र बिक्री गर्ने गरी सञ्चालनमा आउने छन् ।
सुर्ति र मदिराजन्य पसल भने खोल्न नपाईने भएको छ । उता होटल, रेष्टुरेन्ट, बार, ब्युटिपार्लर, सैलुन, बिद्यालय तथा शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र, फुटसल, रंगशाला, धार्मिक तथा सास्कृतिक भेला, सम्मेलन, सिनेमाहल, ब्यायामशाला सञ्चालन गर्न नपाईने भएको छ ।

त्यसै गरी बजार संचालन गर्दा पार्किंगको पनि स्थान तोकिएको छ । वार्ड नँबर ५ पिपरहीया, वडा नम्बर ५ को हाटबजार पथ, देबकोटा चोक, आवारोड चोकमा मात्र पार्किंग गर्न पाईने भएको छ ।
स्वास्थ्यको दृष्टीकोणले प्रत्येक पसल तथा प्रतिष्ठानले आफनो पसलमा आउने ग्राहकहरुको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको अभिलेख राख्नु पर्नेछ ।

सर्त सहत तोकिएको बस्तु ब्यबसाय तथा सेवा सञ्चालनमा हुने भएता पनि संक्रमण र जोखिमको अबस्था अनुसार कुनै पनि बेला रोक लगाउन सकिने सिद्धार्थनगर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *