कोरोना भाइरस संक्रमणबाट पाल्पामा १ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पाल्पामा  १ जनाको मृत्यु

 1,019 total views,  3 views today

न्यूज ओके रिपोर्टर
पाल्पा(२२ जेठ)

कोरोना भाइरस संकमबाट पाल्पामा पनि एक जनाको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पाल्पा सदरमुकाम तानसेन स्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला (२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागी मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अब १० पुगेको छ ।रुपन्देहीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *