रुकुम घटनाको सत्य तथ्य छानविन गर

रुकुम घटनाको सत्य तथ्य छानविन गर

 636 total views,  1 views today

प्रकाश न्यौपाने
नवलपरासी, (जेठ १७ गते)

रुकुमको चौरजहरीमा दलित युवासहीत पांच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागी संसदिय समिति गठन गर्न पश्चिम नवलपरासीका विभिन्न संघसंस्थाहरुले माग गरेका छन । शनिबार विहान मानव अधिकार तथा शान्ति समाज प.नवलवरासीले बर्दघाट नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले घटनामा अनावस्यक राजनिती गर्न नहुने बताएका छन् ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरीष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न संसदीय समिति गठन गर्नुपर्ने बताउदै रुकुमको घटना मानव सभ्यताकै विरुद्धको घटना भएको र यसले सबैलाईहामी कंलकित बनाएको बताए । उनले घटनका कारण सबैको शिर निहुरीएको जनाउदै सरकारले गम्भिर रुपमा लिदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहीले गठन गरेको समितिमा आम जनताले सामाजिक न्याय पाउने अपेक्ष गर्न नसक्ने बताउदै यो घटनामा सरकार गम्भिर नभएको आरोप लगाए ।रुकुमको घटनामा सरकार गम्भिर छैन, सरकार गम्भिर भएर छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने खनालले जनाए ।

कार्यक्रममा नेपाल पत्रकार सहासंघ प.नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लागागतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाज प.नवलवरासी शाखाका सभापति सन्तोष अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्धेश्य माथि जानकारी कार्यसमिति सदस्य प्रकाश न्यौपानेले र सञ्चालन सचिव गणेश न्यौपानेले गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाज नवलवरासी शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनितिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पेट्रोलियम व्यवसायी, सञ्चारकर्मि लगायतको उपस्थिति थियो। कार्यक्रम उस्थित सबैले जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषि पत्ता लगाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *