भैरहवाका प्रत्येक घरधुरीमा कोरोना परिक्षण अभियान सुरु हुने

भैरहवाका प्रत्येक घरधुरीमा कोरोना परिक्षण अभियान सुरु हुने

 1,643 total views,  2 views today

न्यूज ओके रिपोर्टर
भैरहवा( १७ जेठ)

सिद्धार्थनगर नगर पालिका भैरहवाका प्रत्येक घरधुरीमा कम्तिमा एकजनाको कोरोना भाइरस परिक्षण अभियान सुरु हुने भएको छ ।

न्यूज ओकेको नियमित कार्यक्रम कोरोना अपडेट लाइभमा शुक्रबार बेलुका सम्बाद अतिथी रहेका मायादेबी च्यारिटेबल फाउन्डेशनका अध्यक्ष रबि कुमार रौनियार संग कार्यक्रम प्रस्तोता मनोरञ्जन शर्माले अहिले खाली क्वारेन्टाईनमा रहेकाहरुको मात्र परिक्षण भैरहेको र समाजमा कसैको पनि परिक्षण नभएको समयमा जोखिम बढने संभावना बढी भएकाले कम्तिमा भैरहवा क्षेत्रका प्रत्येक घरधुरीका कम्तिमा एक जनाको परिक्षण गर्ने अभियान सुरुवात गर्न आग्रह गरेका थिए ।

आग्रहलाई स्विकार गर्दै मायादेबी च्यारिटेबल फाउन्डेशनले अभियान सुरुवात गर्ने र त्यस्का लागी तत्काल ५० हजार सहयोग उपलब्ध गर्ने समेत रौनियारले कार्यक्रममा बताएका थिए ।
कोरोना भाइरस सक्रमण रहे नरहेको पत्ता लगाउने बिधि मध्ये आरटि पिसिआर र आरडिटी एन्टीबडी हो । कम्तिमा प्रत्येक घर धुरीको एक जना जो बढी हिडडुल गर्छन या बढी बाहिर निस्कनु पर्छ त्यस्ता ब्यक्तीको परिक्षण गर्न सके प्रत्येक घरमा कोरोना जोखिम रहे नरहेको पुष्टी हुने र समाज सुरक्षित समेत हुने भएकाले यो अभियान सुरुवात गर्न आग्रह गरीएको प्रस्तोता शर्माले बताए ।

कोरोना भाइरस ,कोभिड–१९ को जोखीम कम गर्नका लागि मायादेवी फाउण्डेशनको नेतृत्वमा ‘एक घर एक कोरोना परीक्षण’ अभियान सुरु हुन्छ र अभियानका लागि फाण्डेसनसले ५० हजार रुपैया यसै कार्यक्रम मार्फत जम्मा गरेको घोषणा गर्छु, रौनियारले भने ।
रौनियारले सम्बन्धित मन्त्रालय, स्थानिय निकाय, सबै सरकारी निकाय, संघ संस्था, उद्योगपती, क्लबहरु तथा ब्यक्तिगत रुपमा समेत यस अभियान मा हातेमालो गरी सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।

सिद्धार्थनगर नगर पालिका संग सहकार्य गरी अघि बढछौ साथै भैरहवा क्षेत्रमा कृयाशिल लायन्स क्लब, रोटरी क्लब, सिद्धार्थ जेसिस, जेसिआई सिद्धार्थ लेडि, रोट्रयाक्ट, लियो क्लब, लगायतका बिभिन्न सस्था संग मिलेर यस अभियानमा अघि बढछौ, रौनियारले भने ।

पिसिआर परिक्षण अलि महगो भए पनि आरडिटी परिक्षण सम्भब छ । आरडिटीमा पोजिटिभ देखिएकाहरुको पिसिआर परिक्षण गरिन्छ ।

यसअघि फाउन्डेसनले कोरोना महामारीको भवितब्य प्रकोपलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा रहेका पत्रिका बितरण गर्ने १५ जना बितरकको कोरोना बिमा गरिदिएको छ भने कोरोना भाइरस संक्रमणको जोखिम बढे संगै चैत्र ११ गते बाट लकडाउन सुरु हुनु अगावै देखि बिभिन्न रचनात्मक कार्यक्रम हरु गर्दै आएको छ ।

कार्यक्रम यो लिन्कमा हेर्न सक्नु हुन्छ ।https://youtu.be/fK07b0NttCc

Leave a Reply

Your email address will not be published. Required fields are marked *