आज १३ ‌औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने

आज १३ ‌औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने

 318 total views,  1 views today

गणतन्त्र दिवस साथै अहिले कोरोना भाइरस संक्रमण भै अस्पतालमा उपचार गराइरहेका सम्पुर्णको सिघ्र स्वास्थ्य लाभको कामना तथा उनिहरुको उपचारमा अहोरात्र खटीने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक साथै अग्रपंतीमा रहेर काम गर्ने सबैको सम्मानमा आज बेलुका द्धिप प्रज्वलन गरौ ।

न्यूज ओके रिपोर्टर
भैरहवा, १५ जेठ

आज गणतन्त्र स्थापना दिवस, राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको दिन ।बिगतका बर्षहरुमा बिभिन्न कार्यक्रमहरु गरी गणतन्त्र दिवस बनाउदै आईएकोमा यस बर्ष कोरोना भाइरसको प्रकोप र त्यस्को जोखिमबाट बच्न बचाउन लकडाउन भैरहेकोले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।

सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

गणतन्त्र दिवसका अवसरमा आज बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमबाट शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रममात्र रहेको जानकारी गृह मन्त्रालयले दिएको छ ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।
कोरोना महामारीका कारण यस वर्ष यो दिन कुनै औपचारिक कार्यक्रम भने हुने छैनन्।

गणतन्त्र दिवस साथै अहिले कोरोना भाइरस संक्रमण भै अस्पतालमा उपचार गराइरहेकासम्पुर्णको सिघ्र स्वास्थ्य लाभको कामनातथा उनिहरुको उपचारमा अहोरात्र खटीने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक साथै अग्रपंतीमा रहेर काम गर्ने सबैको सम्मानमा आज बेलुका द्धिप प्रज्वलन गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *