कोरोना भाइरस बिरामी निको भई घर फर्कने धेरै,अहिले सम्म २४ लाख २६ हजार बढी निको भई घर फर्के

कोरोना भाइरस बिरामी निको भई घर फर्कने धेरै,अहिले सम्म २४ लाख २६ हजार बढी निको भई घर फर्के

 371 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१४ जेठ)

कोरोना भाइरस संक्रमण पुष्टी पछि उपचारका लागी अस्पताल भर्ना भए पछि पूर्ण रुपमा निको भई घर फर्कनेहरुको क्रम बढेको छ । बिश्वभरमा हाल सम्म ५६ लाख ७८ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि अस्पतालमा उपचारका लागी भर्ना भएकामा ति मध्ये अहिले सम्म २४ लाख २४ लाख २६ हजार बढी संक्रमितहरु पुर्ण रुपमा निको भई घर फर्किसकेको बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्श डटकमले जनाएको छ । यो भाइरसका कारण अहिले सम्म ३ लाख ५१ हजार ६ सय ६८ जनाको मृत्यु भैसकेको छ । यद्यपी संक्रमित बिरामीहरु निको भएर घर फर्कने दर भने निकै राम्रो रहेको छ । त्यसै गरी अस्पतालमा उपचाररत बिरामीहरु मध्ये २८ लाख ४० हजार ७ सय भन्दा बढीको अबस्था सामान्य रहेको छ भने ५३ हजार ९६ बढीको निकै गंभिर अबस्थामा उपचार भैरहेको छ ।

चिनको बुहानबाट सन् २०१९को डिसेम्बर तेश्रो साताबाट देखिएको यो भाइरस अहिले बिश्वका प्राय सबै देशमा प्रबेश गरीसकेको छ ।

अहिले सबै भन्दा बढी प्रभाबित अमेरीका भएको छ । त्यहा अहिले सम्म १७ लाख २५ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टी भैसकेको छ । अमेरीकामा परिक्षण दर पनि बढीरहेकोले संक्रमित बढी भैरहेको हो । त्यहा अहिले सम्म १ करोड ५५ लाख १४ हजार बढीको परिक्षण गरी कोरोना भाइरस संक्रमण रहे नरहेको पुष्टी भैसकेको छ । अमेरीकामा अहिले सम्म १ लाख बढीको मृत्यु भैसकेको छ ।

त्यसै गरी यो भाइरसका कारण सबैभन्दा बढी प्रभाबित हुने देशहरुमा युरोपका बढी रहेका छन् । यो भाइरसले अहिले सम्म बेलायतमा ३७ हजार ४८ जना, इटालीमा ३२ हजार ९ सय ९५, फ्रान्समा २८ हजार ५ सय ३०, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २४ हजार ५ सय ४९,बेल्जीयममा ९ हजार ३ सय ३४, जर्मनीमा ८ हजार ४ सय ९८, इरानमा ७ हजार ५ सय ८, क्यानाडामा ६ हजार ६ सय ३९ बढी मानिसको मृत्यु भैसकेको छ ।

युरोपको अर्को देश रुसमा पनि संक्रमण अहिले तिब्र गतिमा बढेको छ। यद्यपी त्यहा मृत्यु दर कम छ ।
छिमेकी देश भारतमा पनि भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । अहिले सम्म भारतमा १ लाख ५० हजार बढीमा संक्रमण पुष्टी भैसकेको छ । नेपालमा भन्दा एक महिना पछाडी भारतमा कोरोना भाइरस संक्रमण को पहिलो पुष्टी भएको थियो । भारतमा अहिले सम्म ४३ सय ४४ जनाको मृत्यु कोरोना भाइरसका कारण भैसकेको छ ।
नेपालमा अहिले सम्म ७ सय ७२ जनामा कोरोना भाइरस पुष्टी भएकोमा ४ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *