कोरोना भाइरसको संक्रमण पछि निको भएर १९ लाख बढी अस्पतालबाट घर फर्के ।

कोरोना भाइरसको संक्रमण पछि निको भएर १९ लाख बढी अस्पतालबाट घर फर्के ।

 819 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा (६जेठ)

कोरोना भाइरसको संक्रमण पछि उपचारका लागी भर्ना भएका मध्ये अहिले सम्म बिश्वभर १९ लाख बढी मानिसहरु पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् ।

अहिले सम्म यो भाइरसका कारण बिश्वभर ४८ लाख ८७ हजार बढीलाई संक्रमण पुष्टी भएकोमा अझै पनि अस्पतालमा २६ लाख ६३ हजार बढी उपचारका क्रममा छन् । ति मध्ये २६ लाख १८ हजार बढीको अबस्था सामान्य छ भने ४४ हजार ७ सय ६१ जनाको अबस्था निकै गंभिर रहेको बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शले जनाएको छ ।
अहिले सम्म यो भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ३ लाख १९ हजार नाघेको छ ।

     भारतमा संक्रमित संख्या १ लाख बढी

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण हुनेहरुको संख्या १ लाख नाघेको छ । त्यहा एकै दिनमा ४६ सय बढी नयाँ बिरामी थपिएका छन् भने अहिले सम्म मृत्युहुनेको संख्या ३१ सय ५६ भन्दा बढी भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *