कोरोना भाइरस संक्रमण बिरुद्ध भैरहवाको मायादेबी च्यारिटेबल फाउन्डेशन अग्रपंतिमा

कोरोना भाइरस संक्रमण बिरुद्ध भैरहवाको मायादेबी च्यारिटेबल फाउन्डेशन अग्रपंतिमा

 486 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(३ जेठ)

कोरोना भाइरस सक्रमण र त्यस्को जोखीम बिरुद्ध अग्रपंतिमा रहेर सामाजिक काम गर्दै आएको भैरहवाको गैरसरकारी सस्था मायादेबी च्यारिटेबल फाउन्डेशनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रयोजनार्थ ५ सय थान(केएन९५) मास्क प्रदान गरेको छ ।

सस्थाका निर्देशक रबि कुमार रौनियारले रुपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हेम कुमार थापालाई शनिबार जिल्ला प्रहरी कार्यालय परिसरमा मास्क हस्तान्तरण गरेका हुन् ।

यस महामारीको समयमा फ्रन्टलाईनमा रहेर कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागी काम गर्दै आएको र धेरै प्रहरी जवानको स्तरीय मास्क समेत नरहेको पाईएको थियो । धेरै प्रहरीहरुले सामान्य मास्कनै प्रयोग गर्दै आएका थिए । फिल्डमा कार्य गर्ने प्रहरीहरुलाई सहयोग पुगोस भन्दै स्तरीय मास्क प्रदान गरीएको सस्थाका निर्देशक रौनियारले बताए ।

मास्क बुझदै जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक थापाले यस बिषयमा परिस्थीतीमा बिभिन्न संघ सस्थाले प्रहरी कार्यालयलाई बिभिन्न किसीमका स्वास्थ्य सामग्री हस्तान्तरण गरी ठुलो सहयोग गरेको र यसले कोरोना भाइरस बिरुद्धको कार्य सम्पादनमा मद्धत पुग्ने बताए ।

    फाउण्डेशनले लकडाउन समयमा गरेका अन्य कामहरु

मायादेबी च्यारीटेबल फाउन्डेशनले, नेपाल सरकारले कोरोना भाइरस संक्रमण बढदै गए पछि चैत्र ११ गतेबाट देशब्यापी लकडाउन सुरु गर्नु अघि देखिनै बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । लकडाउन अघि कोरोना भाइरस बिषयमा जनचेतना मुलक कार्यक्रम, भैरहवा बुद्धचोकमा स्वास्थ्य शिबिर तथा सर्बसाधारणको तापमान परिक्षण, सिद्धार्थनगर पालिका संगको सहकार्यमा प्रतिमान निमा प्रतिष्ठानमा स्थापित क्वारेन्टाईनमा राखीएका ब्यक्तीलाई दैनिक खाना खुवाउने कार्यक्रम, भिम अस्पतालमा रहेका सम्पुर्ण कर्मचारी तथा अन्तरंग बाहिरी बिरामीलाई चैत्र १२ देखि २५ सम्म निशुल्क खाना को ब्यवस्था , चैत्र १४ गतेदेखी हालसम्म नगर क्षेत्र मा रहेका अलपत्र ब्यक्ती तथा चोकहरुमा खटिएका सुरक्षाकर्मिहरुलाई निशुल्क खाना, लकडाउनका समयमा भारत बाट नेपाल फर्की सिमामा अलपत्र रहेका करिब ३५० जना लाई ३ दिन सम्म निशुल्क खाना, सिद्धार्थनगर नगरपलिका सँग सहकार्य गरी भारत बाट आएका नेपालीहरुलाई क्वेरन्टाइन गरिएका बिभिन्न स्थान प्रतिमान कालेज, भैरहवा हाइ स्कुल, लीलाराम न्योपाने माद्यमिक बिद्यालय मा चैत्र १८ गते देखी हाल सम्म भोजन ब्यवाथापन, श्री राण अम्बिका शाह आँखा अस्पताल मा सात थान र लुम्बिनी निर्माण ब्यवसायी को सव बाहन चालक लाई एक थान पिपिई सेट, ४ सय थान थान मास्क र ५० थान सेनिटैजर हस्तन्तरण , मधुमेह रोग बाट पीडित गरीब बिपन्न परिवार को लागि मोतिया(बिन्दु उपचार को लागि श्री रण अम्बिका शाह आँखा अस्पतालमा रु १ लाख रकम जम्मा, युसियमयस शिक्षण अस्पताल (भैरहवा मेडिकल कलेज)मा अती गरीब परिवार का बिरामीहरुलाई उपचार गराउन रु ७५ हजार र आगामी दिनका लागि रु १लाख ५० हजार को रकम जम्मा, १६४ अती गरीब तथा बिपन्न परिवारहरुलाई बिशेष जानकारी को आधारमा ३० दिन पुग्ने खाद्यान्न बितरण, श्री सत्य साइ बृद्ध अश्राम मा बैशाख १ गते सबैलाई एक महिना पुग्ने गरी राहत सामाग्री, औषधी, मास्क, सेनिटैजर तथा खाद्यान्न प्रदान जस्ता कार्यक्रम लकडाउनको समयमा गरिसकेको निर्देशक रौनियारले जनाएका छन् । गत बैशाख ३१ गते मात्रै यो सस्थाले स्थापनाको पहिलो बर्ष पुरा गरेको छ ।
आगामी दिनमा थप कार्यक्रम निरन्तर गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *