कोरोना संक्रमणः नेपालमा २१७ जनामा, बिश्वमा १५ लाख ९६ हजार

कोरोना संक्रमणः नेपालमा २१७ जनामा, बिश्वमा १५ लाख ९६ हजार

 717 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(३१ बैशाख)

कोरोना भाइरस संक्रमण भएकाहरुको संख्या नेपालमा बढदै गएको छ । यो साता ह्वात्तै बढयो । हिजो दिउसो ५७ जना र राती २६ जनामा थप पुष्टी हुदा नेपालमा जम्मा कोरोना भाइरस संक्रमण हुनेको संख्या २१७ पुगेको छ। पछिल्लो समय लकडाउनमा केही ढिलापन भएको छ । त्यसैले लकडाउन पालना गरी जेष्ठ ५ सम्म घरमै बसौ। नत्र हामी पनि जोखिममा पर्न सकिन्छ ।

पछिल्लो समय अधिकांस संक्रमित पुष्टी भएकाहरु भारतमा रोजगारीका लागी गएर आएकाहरु रहेका छन र उनिहरु आउने क्रम जारी छ । रुपन्देहीमा हिजो मात्रै थप ९ जनामा पुष्टी भएको थियो । उनिहरु लुम्बिनी स्थित श्रीलंकन पिलग्रीम्स(रेष्ट हाउस)मा रहेको क्वारेन्टाईनमा थिए । सबैको उपचार भैरहेको छ । रुपन्देहीमा कुल संक्रमितको संख्या १६ पुगेको छ । पहिलो संक्रमित भने निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *