कोरोना भाइरसका बिरामी बढदै, बिश्वमा ४२ लाख ५० हजार बिरामी नाघे, ज्यान गुमाउनेमा २ लाख ८६ हजार बढी

कोरोना भाइरसका बिरामी बढदै, बिश्वमा ४२ लाख ५० हजार बिरामी नाघे, ज्यान गुमाउनेमा २ लाख ८६ हजार बढी

 371 total views,  2 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(३० बैशाख)

कोरोना भाइरस संक्रमण पुष्टी भएको संख्या नेपालमा १३४ पुगेको छ । प्रदेश नम्बर ५ मा सबैभन्दम बढी संक्रमितहरु भेटिएका छन् । सोमबार यस प्रदेशका कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा संक्रमित पुष्टी भएका हुन् ।

यो भाइरसका कारण बिश्वभरमा अहिले बिहान सम्म ४२ लाख ५० हजार ९ सय ३७ जना बिरामी भएकाृमा १५ लाख २५ हजार २ सय १९जना पूर्ण रुपमा निको भई घर फर्किसकेका छन भने मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९सय ९३ पुगेको छ ।

यो भाइरसका कारण सबैभन्दा बढी अमेरीकामा ८१ ह्जार ७ सय ९५ जनाको मृत्यु भैसकेको छ भने बेलायतमा ३२ हजार ६५, इटालीमा ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, फ्रान्समा २६ हजार ६ सय ४३, ब्राजिलमा ११ हजार ६ सय २५ बेल्जियममा ८ हजार ७ सय ६७ जनाको धेरै मृत्यु भएको छ । छिमेकी देश भारतमा बिरामीको संख्या ७० हजार ७ सय ६८ नाघीसकेको छ । भारतमा संक्रमितहरुको दर बढीरहेको छ । त्यहा मृतकहरुको संख्या २ हजार २ सय ९४ पुगेको छ । लकडाउन खुकुलो बनाईएको देश जर्मनीमा समेत बिरामी र मृतकहरु दुबै बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *