भारतमा एकै दिन ४३ सय बढीमा कोरोना भाइरस पुष्टी

भारतमा एकै दिन ४३ सय बढीमा कोरोना भाइरस पुष्टी

 355 total views,  1 views today

मंगलबार देखी १५ वटा यात्रुबाहक रेल चलाउदै भारत सरकार

न्यूज ओके रिपोर्टर
भैरहवा(२९ बैशाख)

छिमेकी देश भारतमा एकै दिन ४३ सय जना भन्दा बढीमा कोरोना भाइर संक्रमण पुष्टी भएको छ । गएको २४ घन्टामा त्यहा ४३ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो। एती धेरै संख्यामा एकै दिन (२४ घन्टामा) बढी संक्रमित पुष्टी भएको पहिलो पटक हो ।

भारतमा अहिले सम्म कुल ६७ हजार बढीमा संक्रमण पुष्टी भैसकेको छ भने त्यहा मृतकहरुको संख्या २ हजार २ सय १२ पुगेको छ । भारतमा २४ घन्टामा १ सय ११ जनाको ज्यान गएको छ । भारतमा बिस्तारै कोरोना भाइरस संक्रमणले जरो गाडीसकेको छ ।

भारत सरकारले भने नियन्त्रणमा लिने प्रयास गरे पनि त्यहा जारी राखेको लकडाउन पहिला भन्दा केही खुकुलो गराउन थालेको छ । जस अनुसार १२ मे देखि (मंगलबार भोलि बाट) दिल्लीबाट बिभिन्न १५ स्थानका लागी १५ यात्रु बाहक रेल सञ्चालनमा ल्याउदैछ । मंगलबार बाट सर्त सहित दिल्ली देखी दिबुर्घ, अगरतला, हावडा, पटना, बिशालपुर, राची, भुबनेश्वर, सिकन्दरबाद, बेंगलुरु, चेन्नई,त्रिभन्दपुरम, मडगाउ,बेंगलुरु, मुम्बई, अहमदाबाद र जम्मुका लागी रेल छुटने बताईएको छ । रेल यात्राका लागी अनलाईन टिकट लिनु पर्नेछ । कन्फर्म टिकट भएकाहरुले स्वास्थ्य सुरक्षा सुनिश्चित गरे पछि मात्रै रेलयात्रा गर्न पाईने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *