कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

 195 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२९ बैशाख)

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बिश्वभरमा २ लाख ८३ हजार भन्दा बढी भएको छ ।
यो भाइरसका कारण सबैभन्दा बढी अमेरीकामा प्रभाब परेको छ भने मृतकहरु पनि त्यहा बढी रहेका छन् । यो समाचार तयार पार्दा सम्म(बिहान ६।३० बजे) अमेरीकामा मृतकहरुको संख्या ८० हजार ७ सय भन्दा बढी भएको छ ।

त्यस्तै गरी बेलायतमा ३१ हजार ८ सय ५५ जना, इटालीमा ३० हजार ५ सय ६० जना, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८०, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६, जर्मनीमा ७ हजार ५ सय ६९, इरानमा ६ हजार ६ सय ४०, नेदरल्यान्डमा ५ हजार ४ सय ४०, क्यानाडामा ४ हजार ८ सय ७०, भारतमा २हजार २ सय १२ जनाको मृत्यु भैसकेको छ ।

चिनको बुहानबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले सम्म ४१ लख ७९ हजार बढीमा पुष्टी भैसकेको छ भने उपचार पछि पूर्ण रुपमा निको भएर घर फर्कनेको संख्या १४ लाख ९० हजार ५ सय ११ रहेको छ । अस्पतालमा उपचारका लागी रहेको २४ लाख ५ हजार मध्ये ४७ हजार ४० जनाको अबस्था अत्यन्त गंभिर रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *