कपिलबस्तु जिल्लामा थप १० जनामा संक्रमण

कपिलबस्तु जिल्लामा थप १० जनामा संक्रमण

 484 total views,  2 views today

फैलदो छ कोरोना भाइरस,खेलाची नगरौ

न्यूज ओके रिपोर्टर
भैरहवा(२९ बैशाख)

कोरोना भाइरस संक्रमण बिस्तारै फैलदै गएको छ नेपालमा । आज बिहान मात्र थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले बिहान (८।४० बजे) अध्याबधिक गरेको सूचना अनुसार कपिलबस्तु जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौमा भएको परिक्षणमा कपिलबस्तु यशोधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभुमि नगरपालिका ७ र १० वडाका का १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र एक जना उमेर नखुलेका रहेका छन् । कोरोना भाइरस संक्रमण पुष्टी भएका सबै पुरुष हुन् । सबैको स्वास्थ्य अबस्था सामान्य र स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको बताईएको छ ।

बिस्तारै बिस्तारै हाम्रो देशमा संक्रमण बढीरहेको छ । परिक्षणको संख्या अत्यन्त न्यून छ । अहिले क्वारेन्टाईनमा रहेकाहरुको मात्रै परिक्षण भएको छ । क्वारेन्टाईनमा रहेकाहरुको उनिहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गरी, ट्रेसिंग गरी, उनिहरुको यात्रा बिबरण निकालेर सम्पर्कमा ल्याई परिक्षण गराउने काममा खासै ध्यान न त स्थानिय तह, नत प्रदेश सरकार न त संघिय सरकार कसैले गरेका छन् ।

त्यसैले अहिले सबै अन्य प्राथमिकता छाडेर सरकारले परिक्षणलाई तिब्रता दिनु पर्छ । जति बढी परिक्षण त्यति बढी कोरोना भाइरस संक्रमण रहे नरहेको पत्ता लाग्ने हुनाले परिक्षण बढी भन्दा बढी हुनु परयो । अहिले परिक्षण निकै ढिलो छ आबश्यक सामग्री पर्याप्त छैनन । त्यसैले परिक्षणका आबश्यक सामानहरु उपलब्धता छिटो हुनु परयो । त्यसै गरि सिमानाकामा रोकिएका नेपालीहरुलाई नेपाल भित्रयाएर सिधै क्वारेन्टाईनमा राख्ने व्यबस्था सरकारले गर्नु पर्छ । नत्र उनिहरु लुकेर आई घर बसे थप जोखिम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *