प्रदेश सरकारको कोरोना कोषमा , भैरहवाका व्यबसायी शाक्य द्धारा १० लाख सहयोग

प्रदेश सरकारको कोरोना कोषमा , भैरहवाका व्यबसायी शाक्य द्धारा १० लाख सहयोग

 131 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२८ बैशाख)

भैरहवाका व्यवसायी कृष्ण शाक्यले प्रदेश ५ सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा १० लाख रुपैंया सहयोग गरेका छन् ।शाक्यले मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक आईतबार हस्तान्तरण गरेका हुन् ।
भैरहवा अञ्चलपुर स्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले सहयोग हस्तान्तरण गर्दै कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए।
प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा अहिले सम्म १४ करोड रुपैंया जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *