240 total views, 1 views today
न्यूज ओके रिपोर्टर
भैरहवा(२८ बैशाख)
कोरोना भाइरस संक्रमण पुष्टी भैसकेपछि उपचारका लागी भर्ना भएका बिरामीहरुमा निको भई घर फर्कनेको अनुपात ३५ प्रतिशत छ । अर्थात बिरामी मध्ये एक तिहाई बढी सफल उपचार पछि पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् ।
बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शबाट बिहान ७ बजे लिईएका तथ्यांक अनुसार हाल सम्मका कुल संक्रमित ४१ लाख ६ सय २५ जना मध्ये १४ लाख ३९ हजार ९ सय १९ जना पुर्ण रुपमा निको भई घर फर्किसकेका छन् । यो कुल बिरामीको ३५ प्रतिशत हो ।
त्यसै गरी २३ लाख ८० हजार २ सय ७५ बिरामी अझै उपचारमा छन र ति मध्ये ४७ हजार ६ सय ८३ जनाको अबस्था भने निकै गंभिर रहेको छ । कोरोना भाइरस संक्रमणका कारण अहिले सम्म ज्यान गुमाउनेहरुको संख्या २ लाख ८० हजार ४ सय ३१ भन्दा बढी भैसकेको छ ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी ज्यान गुमाउनेहरु अमेरीकी रहेका छन् । त्यहा अहिले सम्म ८० हजार भन्दा बढीको ज्यान गैसकेको छ । त्यसै गरी बेलायतमा ३१ हजार ५ सय ८७, इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ४ सय ७८, फ्रान्समा २६ हजार ३ सय १०, ब्राजिलमा १० हजार ६सय ५६, बेल्जियममा ८ हजार ५ सय ८१, जर्मनीमा ७ हजार ५ सय ४९, ईरानमा ६ हजार ५ सय ८९, नेदरल्याण्डमा ५ हजार ४ सय २२, क्यानाडामा ४६ सय ९३, चिनमा ४६ सय ३३ जनाको मृत्यु भैसकेको छ । नियन्त्रणमा रहेको भनिएको चिनमा १४ जना नयाँ बिरामी पुष्टी भएको छ ।
भारतमा २१ सय बढीको मृत्यु
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ सय एक भन्दा बढी रहेको छ । त्यहा अहिले सम्म ६२ हजार ८ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भैसकेको छ । उपचार पछि पुर्ण रुपमा निको भएर जानेहरुको संख्या भारतमा १९ हजार ३ सय १ रहेको छ । अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमण छ या छैन भनेर १५ लाख २३ हजार जनाको परिक्षण भैसकेको छ ।
नेपालमा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भैसकेको छ । शनिबार राती उदयपुरमा थप एक जनामा कोरोना भाइरस भएको बताईए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने त्यस्को पुष्टी गरेको छैन् ।