कोरोना संक्रमितको संख्या ३९ लाख बढी, १३ लाख उपचार पछि निको भई घर फर्के

कोरोना संक्रमितको संख्या ३९ लाख बढी, १३ लाख उपचार पछि निको भई घर फर्के

 473 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२६ बैशाख)

कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या बिश्वभरमा अहिले सम्म ३९ लाख १३ हजार नाघेको छ । जस मध्ये १३ लाख ४० हजार पूर्ण रुपमा निको भई घर फर्किसकेका छन भने २३ लाख बढी अझै पनि अस्पतालमा उपचाररत छन । ति मध्ये ४८ हजार ९ सय बढीको अबस्था निकै गंभिर छ । यो भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २ लाख ७० हजार बढी भएको छ ।

अन्य देशहरु जस्तै छिमेकी देश भारतमा अहिले संक्रमण बेस्सरी बढेको छ । भारतमा गएको २४ घन्टामा ३३ सय बढी संक्रमित फेला परेका छन भने एकै दिन १सय बढीको मृत्यु भएको छ । अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमणमा रहेकाहरुको संख्या ५६ हजार नाघेको छ भने १८ सय ८९ जनाको मृत्यु भैसकेको छ ।

बिश्वमा सबैभन्दा बढी प्रभाब अमेरीकामा छ । त्यहा अहिले सम्म १२ लाख ९० हजार बढी संक्रमित भएका छन भने ७६ हजार बढीको मृत्यु भैसकेको छ । गएको २४ घन्टामा २९ हजार बढी नयाँ बिरामी थपिएका छन् । एकै दिन २१ सय बढीको मृत्यु अमेरीकामा भएको छ ।

त्यसै गरी रुसमा पनि संक्रमण बढदै गएको छ । त्यहा एकै दिन ११ हजार बढी नयाँ बिरामीमा कोरोना पुष्टी भयो ।
नेपालमा भने संक्रमितहरुको संख्या १०१ पुगेको छ । बिहीबार कपिलबस्तुका मायादेबी गाउँपालिकामा २ जनामा कोरोना पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *