भिम अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागी पूर्ण रुपमा तयार

भिम अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागी पूर्ण रुपमा तयार

 1,242 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२४ बैशाख)

जिल्ला सदरमुकाम भैरहवा स्थित भिम अस्पताल कोरोना भाइरस संक्रमितहरुका लागी उपचारका लागी पुर्ण रुपमा तयार भएको भिम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नविन दर्नालले बताए ।

भिम कोभिड अस्पतालमा अहिले कोरोना भाइरस संक्रमण पुष्टी भएका कुनै बिरामी आए अस्पतालमा उपचारका लागी आबश्यक सबै तयारी पुरा भएको छ, मे.सु. दर्नालले भने । भेन्टिलेटर जडान गर्न बाकी थियो, त्यो पनि पुरा भएको र अन्य उपकरणहरु सबै रहेको उनले बताए ।
अस्पतालमा साधारण बेड २८ वटा, ३ बेडमा भेन्टिलेटर जडान र ४ वटा आईसियु बेड रहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

अस्पतालमा अहिले बिगतमा जस्तै अन्य रोगका बिरामीहरु नियमित रुपमा उपचारका लागी आउने गरेको र भिम अस्पतालमा जरो, रुघाखोकी लगायतका सामान्य समस्या भएका सर्बसाधारण अस्पताल पुग्दा कोरोना भाइरस संक्रमित आशंका भएका बिरामी अस्पतालमा उपचारका लागी आएका भन्ने भ्रामक र तथ्यहिन समाचारहरु सामाजिक सञ्जालमा आउने गरेकोले त्यस्ता तथ्यहिन कुराका पछि नलाग्न सूचना अधिकारी उपाध्यायले सबैमा आग्रह गरेका छन् ।

अस्पतालमा एकजना रिक्साचालक(दम रोगका बिरामी)लाई मंगलबार राती अस्पताल ल्याईएको र उनको पुरानो रोगको आधारमा उपचार भैरहेको छ । त्यसै गरी एक जना जरो आएर भर्ना भएकी छन् । तर भर्ना हुदैमा जरो आउदैमा त्यसै कसैलाई पनि संक्रमित भन्न नहुने सूचना अधिकारी उपाध्यायको भनाई छ ।

अस्पतालमा अहिले दैनिक १ सय जनाको हाराहारीमा बिरामीहरु पुग्ने गरेका छन् । दैनिक १ सय जना ओपिडीमा आउनु हुन्छ, त्यस्मा रुघाखोकी, पखाला, हातखुट्टा भाचिएको, प्रसुती लगायतका बिरामी हुने गरेका छन् ।

स्नेकबाईट केश पनि

गर्मि बढे संगै सर्प दंशको घटना बढीरहेका छन् । भिम अस्पतालमा अहिले दिनहु जसो सर्प दंशका बिरामीहरु उपचारका लागी आईरहेको अस्पतालले जनाएको छ । बैशाख महिनामा(२४ गते सम्म) २९ जनालाई सर्पले टोके पछि उपचारका लागी ल्याएकोमा २ जनालाई बिसालु सर्पले टोकेको पाइएको थियो । २९ जनामा २७ जनालाई सामान्य र २ जनामा बिसालु सर्पको दंश पाईयो र सोहि अनुसार उपचार भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *