कोरोनालाई जित्दै सन्चो भएर १२ लाख बढी घर फर्के

कोरोनालाई जित्दै सन्चो भएर १२ लाख बढी घर फर्के

 345 total views,  2 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२४ बैशाख)

कोरोना भाइरस संक्रमण भएर अस्पतालमा भर्ना भएका बिरामी मध्ये १२ लाख भन्दा बढी मानिसहरु सफल उपचार पछि पूर्ण रुपमा निको भई घर फर्केका छन् । पूर्ण रुपमा निको भई घर फर्कने बिरामी बढदै जादा कोरोना भाइरस संक्रमण निकोनै नहुने खतरा रोग हो भन्ने असत्य हुदै गएको छ ।
चीनबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले बिश्वका लगभग सबै जसो देशमा पुगिसकेको छ । चीनले नियन्त्रणमा लिई सकेको जनाएको छ । त्यसै गरी युरोपमा बढी प्रभाब देखिएको इटाली, स्पेन लगायतमा पनि बिस्तारै नियन्त्रणमा आएको छ ।

अहिले सम्म बिश्वभरमा १२ लाख बढी मानिस निको भएर घर फर्कीसकेका छन । अझै अस्पतालमा २२ लाख बढीको उपचार भैरहेको छ । त्यसमध्ये २१ लाख ७७ हजारको अबस्था सामान्य रहेको छ भने ४९ हजार ३ सय १९ बढीको अबस्था भने अलि बढी गंभिर रहेको बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शले जनाएको छ ।
यो भाइरसको संक्रमणका कारण अहिले सम्म ज्यान गुमाउनेहरुको संख्या भने २ लाख ५७ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *