छिमेक भारतमा बढदै कोरोना भाइरसको संक्रमण, एकै दिन ३९ सय नयाँ बिरामी

छिमेक भारतमा बढदै कोरोना भाइरसको संक्रमण, एकै दिन ३९ सय नयाँ बिरामी

 554 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२३ बैशाख)

कोरोना भाइरस संक्रमणका कारण छिमेकी देश भारतमा एकै दिनमा १ सय ७५ जनाको निधन भएको छ । बिभिन्न तथ्यांकहरु सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शका अनुसार एकै दिन एति धेरै भारतिय नागरीकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पहिलो पटक हो । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या १५ सय ६६ पुगेको छ ।

भारतमा नेपालमा भन्दा धेरै पछि कोरोना भाइरस संक्रमणको पहिलो केस पुष्टी भएको थियो । त्यसै गरी एकै दिनमा ३९ सय ३२ जना थपमा कोरोना भाइरस पुष्टी भएको छ । यो संख्या पनि एकै दिन थपिएको अहिले सम्मको ठुलो हो ।

दुबै तथ्यांकले भारतमा तिब्ररुपमा कोरोना भाइरस संक्रमण फैलिरहेको प्रष्ट हुन्छ । भारतमा कुल बिरामीको संख्या ४६ हजार ४ सय ३७ पुगिसकेको छ । ति मध्ये १२ हजार ८ सय ४७ जना पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् । भारतमा अहिले सम्म ११ लाख ७ हजार ३३ जनाको कोरोना भाइरस छ या छैन भनेर परिक्षण भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *