निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल: बिदेशबाट सामान र प्राबिधि आएको २ महिना भित्र सकिन्छ काम

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल: बिदेशबाट सामान र प्राबिधि आएको २ महिना भित्र सकिन्छ काम

 668 total views,  2 views today

 

न्यूज ओके रिपोर्टर
भैरहवा, (१९बैशाख)

लकडाउनका कारण बिदेशबाट आउनु पर्ने आबश्यक बिद्युतिय लगायतका उपकरण र बिदेशमै रोकिएका दक्ष कामदार र अन्य प्राबिधिक भैरहवा स्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेको २ महिना भित्र बिमानस्थलको बाकी काम सम्पन्न भई बिमानस्थललाई उडान योग्य बनाउने गरी आबश्यक रणनिती अनुसार काम भैरहेको गौतमबुद्ध बिमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

आयोजना प्रमुख अधिकारीले भने, हाम्रो देशको लकडाउन सहज भएर मात्र पुग्दैन अन्तर्राष्ट्रिय उडानहरु पनि सुचारु हुनु परयो, अन्तर्राष्ट्रिय उडान सुचारु भए पछि मात्रै हाम्रा रोकिएका कामदार साथै उपकरण जडान गर्न त्यहीबाट प्राबिधक आउन सम्भब भएकोले लकडाउन सहज भएर उपकरण तथा कामदार, प्राबिधकहरु भैरहवा आएको २ महिना भित्रमा उपकरण जडान तथा अन्य काम सम्पन्न हुने योजना हो, त्यो सम्पन्न हुन हाम्रा उपकरण रहेको देशबाट प्राबिधिकहरु आउन सक्नु परयो, र कुनै कुनै उपकरण नेपाली प्राबिधिकले जडान गर्न सके पनि केही त्यस्ता उपकरणका लागी बिदेशी प्राबिधक र त्यो पनि कम्पनिबाटै आएर जडान गर्नु पर्ने हुन्छ र त्यस्का लागी अन्तर्राष्ट्रिय उडान हुनु जरुरी छ, उनले भने ।


धावनमार्गको लाईट फिक्सचर र ब्यागेज ह्यान्डलींग सिस्टमको कन्भेएर बेल्ट मुख्य रुपमा आउन बाकी उपकरण हुन्, अरु उपकरणहरु ९५ प्रतिशत आइसकेका छन् । लाईट फिक्सचर जस्ता उपकरण नेपाली प्राबिधक हरुले जडान गर्न सकेता पनि कन्भेयर बेल्ट जडान गर्न बिदेशबाटै प्राबिधिक आउनुृ पर्छ, अबको समस्या भनेका बिदेशमा रोकिएका कामदार र उपकरण जडान गर्ने प्राबिधिक र बाकी उपकरण ल्याउनु हो । त्यस्का लागी अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुन्द्रिक मार्ग खुल्ला हुनु जरुरीछ, आयोजना प्रमुखले भने ।


कोरोना भाइरसका कारण अहिले संसारका प्राय देशहरु लकडाउनमा छन् । सोही कारण चिन, थाइलेण्ड, अष्टे«लिया लगायतका देशबाट आउनु पर्ने आंशिक केही उपकरण र दक्ष प्राविधिकहरु आउन सकेका छैनन् ।


उपकरण, बिदेशमा रोकिएका कामदार र प्राबिधिकहरु नआए पनि चिनियाँ निर्माण कम्पनि नर्थ वेस्ट सिभिल एभिएसनले निर्माणको काम भने रोकेको छैन । भएको जनशक्तिले गर्न सक्ने र हुने पुर्वाधारको काम सबै निरन्तर रुपमा मिानस्थल क्षेत्र भित्र रहेर गरिरहेको आयोजना कार्यालयले बताएको छ ।


आयोजनाको कार्यालयको मुख्य लक्ष्य भनेकोनै लकडाउन सहज भएर अन्तराृष्ट्रिय उडान सुरु भए पनि बाकी उपकरणका सामान, कामदार र प्राबिधिक भैरहवा आइपुगेको मितिले २ महिना भित्रै बिमानस्थललाई उडान योग्य बनाउने गरी काम सक्नु रहेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *