कोरोना भाइरसका कारण बिश्वभर संक्रमितको संख्या ३३ लाख नाघयो, १० लाख ४२ हजार बढी निको भई घर फर्के

कोरोना भाइरसका कारण बिश्वभर संक्रमितको संख्या ३३ लाख नाघयो, १० लाख ४२ हजार बढी निको भई घर फर्के

 289 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१९ बैशाख)

कोरोना भाइरसको संक्रमितहरु बिश्वभर ३३ लाख बढी भएका छन् । ति बिरामी मध्ये अहिले सम्म १० लाख ४२ हजार भन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् । बिभिन्न तथ्यांक सार्बजनिक गर्ने वल्र्डोमिटर्शका अनुसार अहिले सम्म बिश्वभर ३३ लाख ८ हजार २ सय ९० जना कोरोना भाइरस संक्रमणमा परेका र ति मध्ये उपचार भई पुर्ण रुपमा निको हुनेको संख्या १० लाख ४२ हजार ८ सय २१ भन्दा बढी छ ।

अझै पनि १९ लाख ८० हजार ३ सय ९७ जना उपचारका क्रममा अस्पतालमा छन र ति मध्ये पनि ५० हजार ९ सय ४४ जनाको अबस्था गंभिर छ । अस्पतालमा उपचारमा रहेका मध्ये ९७ प्रतिशत बिरामीको अबस्था सामान्य र ३ प्रतिशत बिरामीको अबस्था गंभिर रहेको हो । तर कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि उपचारका लागी अस्पतालमा बिरामी भने छिन छिनमा आईरहेका छन् ।

पछिल्लो २४ घन्टामा मात्रै ८७ हजार जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । त्यसै गरी २४ घन्टामा ५ हजार नौ सय ८ जनाको ज्यान गयो भने २४ घन्टामा ४२ हजार जना भन्दा बढी निको भई घर गएका छन् ।
अहिले सम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ३४ हजार १ सय ८ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो समय यो भाइरसको कारण सबैभन्दा बढी प्रभाबित अमेरीका भएको छ भने ज्यान गुमाउनेमा पनि अमेरीकी नागरीकहरुनै बढी छन् । अमेरीकामा अहिले सम्म यो भाइरसका कारण ६३ हजार ८ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

त्यसै गरी यो कोरोना भाइरसको संक्रमणका कारण इटालीमा २७ हजार ९ सय ६७, स्पेनमा २४ हजार ५ सय ४३, बेलायतमा २६ हजार ७ सय ७१, फ्रान्समा २४ हजार ३ सय ७६, बेल्जियममा ७ हजार ५ सय ९४ जना, जर्मनमा ६ हजार ६ सय २३, इरानमा ६ हजार सय २८, ब्राजिलमा ६ हजार ६ जना, नेदरल्याण्डमा ४ हजार ७ सय ९५ जना, चिनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भैसकेको छ । चिनमा गएको २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस रहेको पुष्टी भएको छ ।

छिमेकी देश भारतमा ३४ हजार ८ सय ६२ जनामा कोरोना भाइरस पुष्टी भएकोमा अहिले सम्म १ भारतमा १ हजार १ सय ५४ जनाको मृत्यु भैसकेको छ । भारतमा एकै दिन(२४ घन्टामा) १८ सय १ जनामा कोरोना भाइरस पुष्टी भएको छ ।
रुसका प्रधानमन्त्री र पाकिस्तानका सभामुखलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *