कोरोना भाइरस संक्रमणको उपचार पछि १० लाख जना निको भई घर फर्के

कोरोना भाइरस संक्रमणको उपचार पछि १० लाख जना निको भई घर फर्के

 285 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१८ बैशाख)

कोरोना भाइरसको संक्रमितहरु मध्ये अहिले सम्म १० लाख जना भन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् ।

बिहान यो समाचार तयार पार्दा सम्म १० लाख ३२ जना कोरोना भाइरस संक्रमणको उपचारबाट पूर्ण रुपमा निको भएका छन् ।

बिभिन्न तथ्यांक सार्बजनिक गर्ने वल्र्डोमिटर्शका अनुसार अहिले सम्म बिश्वभर ३२ लाख १८ हजार १ सय ८३ जना कोरोना भाइरस संक्रमणको परेकाहरुको संख्या पुगेको छ र ति मध्ये १० लाख बढी उपचार पछि पूर्ण रुपमा निको भई घर फर्केका हुन् ।

अझै पनि १९ लाख ९० हजार १ सय २५ जना उपचारका क्रममा अस्पतालमा छन र ति मध्ये पनि ५९ हजार ८ सय १७ जनाको अबस्था गंभिर छ । अस्पतालमा उपचारमा रहेका मध्ये ९७ प्रतिशत बिरामीको अबस्था सामान्य र ३ प्रतिशत बिरामीको अबस्था गंभिर रहेको हो । तर कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि उपचारका लागी अस्पतालमा बिरामी भने छिन छिनमा गैरहेका छन् ।

अहिले सम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख २८ हजार १९ जनाको ज्यान गैसकेको छ ।
यो भाइरस ४ महिना अघि चीनको बुहानमा पहिलो पटक देखिए पनि यस्ले अहिले सम्म सारा बिश्वलाई आक्रान्त पारेको छ । एकै दिनमा ८१ हजार २ सय ७२ जनालाई संक्रमण पुष्टी भएको छ ।

पछिल्लो समय यो भाइरसको कारण सबैभन्दा बढी प्रभाबित अमेरीका भएको छ भने ज्यान गुमाउनेमा पनि अमेरीकी नागरीकहरुनै बढी छन् । अमेरीका एकै दिनमा २३ सय ५७ जना नागरीकको ज्यान गएको छ । त्यहा अहिले सम्म ६१ ह्जार ६ सय २३ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ भने १० लाख ६३ हजार ५ सय १७ जना संक्रमीत भएका छन् । अमेरीका एकै दिन २८ हजार ५१ ज्ना नयाँ बिरामी फेला परेका छन् ।

त्यसै गरी यो कोरोना भाइरसको संक्रमणका कारण इटालीमा २७ हजार ६ सय ८२, स्पेनमा २४ हजार २ सय ७५, बेलायतमा २६ हजार ९७, फ्रान्समा २४ हजार ८७, बेल्जियममा ७ हजार ५ सय १ जना, जर्मनमा ६ हजार ४ सय ६७, इरानमा ५ हजार ९ सय ५७, नेदरल्याण्डमा ४ हजार ७ सय ११ जना, चिनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भैसकेको छ ।

छिमेकी देश भारतमा ३३ हजार ६२ जनामा कोरोना भाइरस पुष्टी भएकोमा अहिले सम्म १ हजार ७९ जनाको मृत्यु भैसकेको छ । भारतमा एकै दिन १७ सय ३८ जनामा कोरोना भाइरस पुष्टी भएको छ । अहिले सम्म भारतमा ८ हजार ४ सय ३७ जना उपचार पछि निको भई घर फिर्ता भैसकेका छन् ।

नेपालमा बुधबार सम्म कोरोना भाइरस संक्रमितहरु ५७ जना पुगेका छन् , ति मध्ये १६ जना उपचार पछि निको भई घर फर्केका छन भने ४१ जनाको उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *