हरियो तरकारीको नाममा कोरोना आउला है घरमा खयाल गरौ

हरियो तरकारीको नाममा कोरोना आउला है घरमा खयाल गरौ

 561 total views,  2 views today

मनोरञ्जन शर्मा
भैरहवा(६ बैशाख)

कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम औषधी हो लकडाउनको पालन गरी घरमै बस्ने । तर हामी घरमै बसेर पनि कोरोना संक्रमणको जोखिममा त छैनौ । हो हामीले अहिले दैनिक रुपमा प्रयोग गर्ने बिभिन्न बस्तु मध्ये अहिले तरकारी सर्बसुलभ छ । भनेजस्तो तरकारी पाईएको छ । ठेलामा, साईकलमा खाचीमा राखेर दिनहु बिहान, दिउसो, बेलुका तरकारी हाम्रै घर आगनमा आउछ । तर हामीलाई के थाहा त्यो तरकारी कति सुरक्षित छ भनेर । किनकी ति सबै तरकारी अहिले दिनहु भारतबाट आयात भैरहेका छन् । त्यस्ता तरकारीहरु भैरहवा, बुटवल लगायतका शहर र ग्रामिण बजारहरुमा स्टोर गरी आयातकर्ताले बजारमा बिक्रीको प्रबन्ध गरीरहेका छन् ।
छिमेकी देश भारत पनि अहिले कोरोना भाइरसको कारण आक्रान्त छ र त्यहा पनि पुरै देशमा लकडाउन छ । तर छिमेकी देशमा पलेका हरीया तरकारी हामीले निर्बाध प्रयोग गरीरहेका छौ । के ति तरकारीहरु सुरक्षित छन् त । कृषि बिज्ञहरु भन्छन, त्यस्ता तरकारी अहिले प्रयोग गर्नु हानिकारक छ, बिषादी अधिक प्रयोग भएका त्यस्ता तरकारी अहिले सकेसम्म प्रयोग गर्नु हुदैन। बाहिरी सतहमा रहेका कोरोनाको भाइरसहरु हावाको माध्यमबाट पनि तरकारीमा टासिएर रहन सक्छ । त्यस्ता भाइरस हावामा कम्तिमा ४ घन्टा सम्म जिबित रहन्छन भने तरकारी जस्ता बस्तुमा अझै बढी समय सक्रिय रहन सक्छन् । अर्को कुरा दैनिक रुपमा संकलन गरी ल्याउने तरकारी एकै किसानको बारीबाट आउने नभई बिभिन्न स्थानबाट संकलन गरी ल्याउने गरिन्छ । त्यसरी संकलन गर्नेहरुले स्वास्थ्य उपकरण के कस्ता प्रयोग गरेका छन या छैनन त्यो पनि चासोको बिषय हो । त्यस्तै तरकारी ढुवानी गर्ने साधनहरु पनि सेनिट्राईज नगरी नेपाल भित्रने गरेका छन भने चालक तथा एजेन्टहरुबाट पनि थप जोखिम छ ।
हाम्रा छिमेकी भारतिय जिल्ला महाराजगन्ज, सिद्धार्थनगर साथै शहरहरु गोरखपर, लखनउ, कानपुर जस्ता ठाउबाट तरकारी आयात हुन्छ, त्यस स्थानमा कोरोना भाइरसको प्रकोप बढदो छ, त्यसैले पनि भारतबाट आयात हुने तरकारी हाम्रो भान्छामा भित्रदा हामीले कतै लकडाउन पालना गरी घरमै बसे पनि तरकारीको माध्यमबाट कोरोना भाइरस लाई भित्रयाउने प्रयास त गरेका छैनौ, यस तर्फ अति ध्यान दिनु आबश्यक छ । अहिले बिगतमा जस्तै निर्बाध रुपमा हरियो तरकारी, फलफुल आईरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । लकडाउनको समय चैत्र ११ गते देखि बैशाख ३ गते सम्म ट्रक, मिनी ट्रक र पिकअप भ्यानमा गरी ९९० वटा साना ठुला साधनमा तरकारी फलफुल आयात भएको भैरहवा भन्सार कार्यालयका अधिकृत एबं सूचना अधिकारी पून्य प्रसाद लम्सालले बताए ।
लम्सालका अनुसार चैत महिनामा मात्रै भैरहवा नाकाबाट ७२ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु, प्याज, तरकारी तथा फलफूल आयात भएको छ । लम्सालका अनुसार चैत महिनामा २१ हजार ३ सय १० मेट्रिक टन हरियो तरकारी, आलु, प्याज र विभिन्न फलफूल आयात हुँदा २ करोड १३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
आबश्यक कानुनी प्रकृया पुरा गरेर आएको तरकारी हामीले भनेर रोक्न मिल्दैन, उनले भने ।
रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हेम थापाले आफुलाई जिल्लाबासीले तरकारीको बिषयमा सूचना दिईरहेको बताउदै यो गंभिर बिषय रहेको उल्लेख गरे । तर यो तरकारी आयातको रोकका लागी हामीले गरेर हुदैन भन्सार बिभागलेनै निर्णय गर्नु पर्छ, थापाले भने ।
लकडाउनको समय भए पनि उपभोग पूर्ववत रुपमा भएकाले दैनिक उपभोग्य वस्तुहरु आलु, प्याज, तरकारी तथा फलफूलको आयात दिनहुँ भइरहेको छ । तर त्यस्ता तरकारी कति सुरक्षित छ, कोरोना भाइरसको संक्रमण भैरहेको देशबाट आयात भएको हरियो तरकारी कति स्वस्थ्यकर छ भन्ने कुरामा अहिले सबैले ध्यान दिई खरिद गर्ने या नगर्ने आफै निर्णय गर्ने बिषय हो । एक दुई महिना हरीयो तरकारी नखाए केही हुदैन, आफै जोगिनु पर्छ हामी उपभोक्ताहरु भन्छन् ।

तरकारीको बिकल्प

छिमेकी देशबाट आउने तरकारीको बिकल्पमा हामीले हाम्रै छिमेकका गाउँपालिकाहरुमा फलेका तरकारी प्रयोग गर्न सक्छौ । मर्चवार, लुम्बिनी, छपिया, सुर्यपुरा, धकधई, देबदह लगायतका धेरै स्थानमा किसानहरुले पर्याप्त तरकारी अहिले फलाएका छन् । ति तरकारीहरुको अहिले बजारीकरणको अभाब छ । स्थानिय तहहरुले त्यहाबाट तरकारी खरिद गरी ल्याएर आप्mना प्रत्येक वार्ड मार्फत बिक्री बितरण गर्न सकिन्छ । प्रदेश सरकार कृषि मन्त्रालयले पनि कृषि उपज बिक्रीका लागी पहल गरीरहेको छ । कृषि एम्बुलेन्स तयार छ । त्यसैले स्थानिय तहले यो बिषयमा सोच्नु पर्छ । नगरबासीलाई यहीकै तरकारी खुवाउने की भारतिय तरकारी खुवाउने यो जिम्मा नगरपालिका र नगरोन्मुख गाउपालिकाको हो । नत्र खयाल गर्नु होस तपाईको घरमा तरकारीको नाममा कोरोना भाइरस भित्रेको त छैन् । भैरहवा नाका हुदै आउने तरकारी बुटवल, पोखरा, काठमाण्डौ सम्म जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *