कोरोना भाइरसको बिरुद्धमा सामथ्र्यले भ्याए सम्म लागेका छौ : जितेन्द्र नाथ शुक्ल(बबलु)अध्यक्ष, सम्मरीमाई गाउँपालिका, रुपन्देही

कोरोना भाइरसको बिरुद्धमा सामथ्र्यले भ्याए सम्म लागेका छौ : जितेन्द्र नाथ शुक्ल(बबलु)अध्यक्ष, सम्मरीमाई गाउँपालिका, रुपन्देही

 1,299 total views,  1 views today

हामी संग सिमित श्रोत साधन छ, त्यसैको प्रयोग गरी कोरोना भाइरसको बिरुद्धमा उभिएका छौ । हामी हाम्रो क्षमता र सामथ्र्यले भ्याए सम्म कोरोना भाइरसको बिरुद्धमा लडनेछौ ।

न्यूज ओके रिपोर्टर
मर्चवार(रुपन्देही),  १९ चैत्र
रुपन्देहीकोे दक्षिण भेग मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका पर्छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जिल्लाका अन्य स्थानियतहभन्दा मर्चवार क्षेत्र पछी छ ।
बिगत ३ महिना अघी चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोबिड १९)ले पुरै बिश्वलाई असर पारेको छ । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहेन् । पुरै देशमा अहिले त्रास छ । त्यस्मा पनि ५ वटा पोजिटिभ केस देखिएपछि पुरै सन्त्रास फैलिएको छ । प्राय केस बिदेशबाट फर्किएकाहरुमा देखापरेकोले अझ बढी सन्त्रास छ हाम्रो देशमा ।
हाम्रो गाउँपालिकालाई पनि नराम्ररी असर बनाएको छ कोरोना भाइरसको त्रासले । हामीलाई २ कारणले त्रासमा पारेको छ पहिलो कुरा हाम्रो गाउँपालिका भारतसंग सिमाना जोडिएको छ । दोश्रो कुरा यो गाँउपालिकाका पनि धेरै युबाहरु रोजगारका लागी तेश्रो मुलुक (अरब मलेसिया लगायत) तथा छिमेक भारतको बिभिन्न स्थानमा गएका छन् ।
बिदेशमा जानेहरु पनि १ जनाको हाराहारीमा पछिल्लो २ महिना भित्र आएको तथ्यांक छ । २ साता अघि आउनेहरु भन्दा पनि चैत्र महिना भित्र अर्थात लकडाउन सुरु हुनुको २ साता भित्र आउनेहरुलाई बिशेष निगरानीमा राखेका छौ, उनिहरुलाई सेल्फ क्वारेनटाईा(होम)मा राखेका थियौ । सोमबारबाट हामीले यही गाउँपालिकाको वडा नम्बर ७मा रहेको एक मदरसामा क्वारेन्टाईन पोष्ट निर्माण गरेका छौ २० शैयाको । अब बिदेशबाट आएका त्यस्ता संकास्पदहरुलाई त्यहा राख्छौ । आएर बस्न सुरु पनि गरिसकेका छन् । क्वारेन्टाईनमा बस्नेको खानपानको सबै व्यबस्था हामीले मिलाएका छौ ।
तर अहिले सम्म कोरोना भाइरसको संक्रमण संग मिल्दोजुल्दो लक्षण कसैमा देखीएको छैन् । गाउँबासीमा स्वास्थ्य सम्बन्धि कु्नै समस्या देखीए गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य चौकीमा २४ घन्टानै स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध हुन्छ । ठुलै समस्या देखिएमा नजिकै सदरमुकाम भैरहवामा रहेका ठुला अस्पतालमा पठाउने ब्यबस्था गर्छौ ।
यसका साथै अहिले लकडाउनको समयमा चाहे धनी हुन चाहे गरिब सबै एक किसीमले घर भित्रै हुनुहन्छ । घरमा रहेका सबैलाई केही सहयोग होस भनी प्रत्येक घरधुरीमा खाद्य बस्तुको एक एक पोका राहत पहिलो चरणमा बितरण गर्दैछौ ।
प्रत्येक पोकामा ५ किलो आटा, २ किलो चिनी, २५० ग्राम चियापत्ति, नुन २ किलो, १ किलो सर्फ, हात धुने साबुन रहेको छ । आबश्यकता अनुसार हामी गाउँपालिकाका जनतालाई दोश्रो चरणको राहत उपलब्ध गराउछौ ।
करिब ७१ सय ५० घर धुरी र ४२ हजारको आसपासमा जनता छन सम्मरीमाई गाउँपालिकामा । गाउँपालिकाले कोरोना भाइरसका बिरुद्धमा लडान १ करोड रुपैया बिनियोजन गरेको छ । बिपदकोष पनि स्थापना गरेको छ । त्यस्मा स्वयं म गाउँपालिका अध्यक्षको नाताले ५० हजार रुपैया प्रदान गरेको छु । गाउपालिकाका कुनै पनि नागरीक, ब्यबसायी लगायतले स्वेच्छीक रुपमा सहयोग गर्न सक्नुहुन्छ। अहिले हामी कोरोना भाइरसको बिरुद्धमा डटेर लागेका छौ । सरसफाई मा धयान दिएका छौ, सेनिटाइजर, मास्क हरु बितरण गरयौ ।
चौराहा, चौराहामा सेनेटाइजर राखीएको मास्क बाडीएको र जनतालाई कोराना भाइरसको बिषयमा जानाकारी दिन बिभिन्न माध्यमबाट प्रयोग गरी जनचेतना फैलार्ईएको छ ।
अर्को मुख्य कुरा हाम्रो दक्षिणको सिमाना खुल्ला छ । मुल नाका तरेनी हो। नाकामा निगरानी भए पनि खुल्ला सिमाना लामो छ । कस्ले हेर्ने हो वारी पारीबाट आउजाउ रोकिएन् । कतै खुल्ला नाकाको कारणले नभित्रियोस कोरोना संक्रमण । हामिलाई डर छ ।
हामी संग सिमित श्रोत साधन छ, त्यसैको प्रयोग गरी कोरोना भाइरसको बिरुद्धमा उभिएका छौ । हामी हाम्रो क्षमता र सामथ्र्यले भ्याए सम्म कोरोना भाइरसको बिरुद्धमा लडनेछौ । हाम्रो आग्रहलाई मानिदिनोस सबै घरमै बस्नुहोस। समाज संग दुरी कम गर्नु होस। हामी त्यसैत शिक्षा, स्वास्थ्यले पछि छौ, अझ त्यस्मा पनि यो कोरोना भाइरसको संक्रमण हाम्रोमा भेटियो भने त्यस्ले हामीलाई उठन दिदैन् । त्यसैले आजको आवश्यकता भनेको हामी सबै मिलेर कोरोना भाइरस बिरुद्ध सामना गर्नु हो ।
(सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेन्द्र नाथ शुक्ल संग गरिएको कुराकानीमा आधारीत)

1 Comment


  1. पालिका अध्यक्छ आफै ३/४ दिन पहिला भारत को गोरखपुर बाट आउनु भएको हुनुहुन्छ , सब भन्दा पहिला वहा गएर आफ्नो गांव पालिका को कोरेन्टीन म बसनो परयो न त वहा बाटनै कोरोना फैलने खतरा धेरै छ

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *